कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराले बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बार्षिक कार्यक्रम तथा खर्थ सार्वजनिकीकरण गोष्ठीको आयोजना गर्दै तालिम केन्द्रले गत आर्थिक वर्षमा गरेका कामहरु समेत सार्वजनिक गरेको थियो ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्तरर्गत रहेको तालिम केन्द्र खजुराले यस आर्थिक वर्षका लागी ३ करोड ३२ लाख ३० हजार बजेट छुटइएको तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा भन्दा यस वर्ष कृषि कार्यक्रमहरुमा कटौति भएर आएकाले बजेट पनि सोहि अनुसार उपलव्ध भएको उहाँले जानकारी दिनुभयो ।
तालिम केन्द्रले चालु आर्थिक वर्षमा किसान कल सेन्टर सन्चालन, कृषि प्रविधि प्रदर्शन कार्यक्रम, मागमा आधारित कृषि तालिम, कृषि भ्रमण, सेमिनार गोष्ठी लगाएत हरित स्वयम सेवकलाई तालिम, ओजेटि परिचालन तालिम लगाएतका कार्यक्रमहरु समावेस गरिएको तालिम केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिनुभयो । यस पटक बजार विस्तार, सुधारको कार्यक्रम नभएपनि किसान तथा प्राविधिकहरुलाई तालिम लिएर दक्ष बनाउने लक्ष्य राखिएको कृषि प्रसार अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा मागमा आधारित कृषि बजार पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २ वटा नयाँ थोक बजार, २ वटा नयाँ हाटबजार, ३ वटा हाट बजार सुदृढिकरण, ११ वटा नयाँ संकलन केन्द्र गरी जम्मा १८ वटा कृषि बजारको संरचना निर्माण तथा सुदृढिकरण गरिएको तालिम केन्द्रका प्रमुख अमरराज शर्माले जानकारी दिनुभयो । त्यस्तै कृषि उद्यमी सहयोग अनुदान कार्यक्रम अन्तर्गत जम्मा १३९ जना तालिम प्राप्त कृषकहरुलाई कृषि उद्यमी बन्न उत्प्रेरित गर्नका लागि सहयोग प्राप्त गरिएको थियो ।
मागमा आधारित तथा अन्य तालिम गरी ३८३ जना कृषक तथा ५७ जना कर्मचारी गरी जम्मा ४४० जना कृषक तथा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ । किसान कल सेन्टरको मार्फतबाट ४४ जना कृषकहरुलाई सेवा पुगाइएको केन्द्र प्रमुख शर्माले बताउनुभयो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा कार्यालयहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै तालिमकेन्द्रलाई पनि सम्मानित गरेको थियो ।
यस वर्ष पनि कार्य सम्पादनमा उत्कृष्टता देखाउन आवश्यक रहेको कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।