No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

महाकाली सिँचाइ : मूल नहरमा अझै पानी आएन

२०८० बैशाख २५ गते, सोमबार समय: २१:५० मिनेट
0
महाकाली सिँचाइ : मूल नहरमा अझै पानी आएन
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।

कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउन सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण तीन प्याजेकमा भइरहेको छ । तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको आरोप छ ।

“मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब सात÷आठ सय मिटर पानीको मूल फ्टने समस्याले निर्माण ढिलाइ भइरहेको छ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भने, “आगामी असारभित्र निर्माणाधीन काम सकिएर नयाँ ठेक्काको सुरसारमा लाग्छौँ ।”
विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रु एक अर्ब बढीको लागतमा काम अघि बढेको छ ।

“एकदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हुँदैछन्”, उनले भने, “अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौंँ ।”

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको जानकारी दिए । २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मुल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

“मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ”, उनले भने,“ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ ।” अढाइ दशकपछि महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर भारतीय पक्षले बनाएको छ ।

गत वर्ष असार १५ गते धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छोडे पनि पछि विधिवत उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै पानी दिन मानेको छैन । “प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा महाकाली नदीबाट पानी पाउनुपर्ने विषय एजेण्डा बनोस भनेर विभाग र मन्त्रालयसम्म कुरा पु¥याएका छौँ”, पण्डितले भने, “नहरमा नियमित पानी आउने प्रबन्ध गर्नुपर्छ ।”

अघिल्लो पोस्ट

नार्कको स्थापना दिवसमा फलफुलका विरुवा रोपण

अर्को पोस्ट

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

सम्बन्धित समाचार

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
किसान

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण
किसान

तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल
बिबिध

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

नार्कको स्थापना दिवसमा फलफुलका विरुवा रोपण
बिबिध

नार्कको स्थापना दिवसमा फलफुलका विरुवा रोपण

मकै बारीमा ट्र्याक्टर दुर्घटना हुँदा  एकको मृत्यु
समाचार

मकै बारीमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि
किसान

नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि

अर्को पोस्ट
कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण

तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist