No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

२०७९ चैत्र ३ गते, शुक्रबार समय: १६:४८ मिनेट
0
उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
4
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बारा । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी पत्नी हुन् चम्पादेवी यादव । कलैया उपमहानगर–५, बयलबजारको गौचरन छेउमा उनको सानो कच्ची घर छ । सोही घरमा चम्पादेवी एक्लै बस्दै आएकी छन् । दुई छोरा र एक छोरी अध्ययनको शिलशिलामा काठमाडौं बस्छन् भने पनि रामसहाय यादव पनि प्रायः घरबाहिर नै हुन्छन् । चम्पादेवीलाई बिहान ३ बजे उठेदेखि घरधन्दा, खेतीपाती र बस्तुभाउको कामले एकछिन फुर्सद मिल्दैन ।


१८ वर्ष स्थानीय पन्नालाल कन्यादेवी विद्यालयमा विज्ञान विषयमा अध्यापन गराएका यादव २०६२/०६३ को आन्दोलनदेखि सक्रिय राजनीतिमा लागे । यादव राजनीतिमा सक्रिय भएपछि घरव्यवहार, बस्तुभाउ, खेतीपाती सबै चम्पादेवीले एक्लै धान्दै आएकी छन् ।


‘स्कुलमा पढाउँदा पढाउँदै उहाँ राजनीतिमा लाग्नुभयो, छोराछोरी हुर्काउनेदेखि लिएर उनीहरुको पढाइलेखाइ, घर व्यवहार, खेतीपाती सबै मैले हेर्दै आएको धेरै वर्ष भइसक्यो,’ चम्पादेवीले भनिन्, ‘राजनीति गरेर धेरैले पैसा कमाए, उहाँले नाम कमाउनु भयो । म त्यसैमा धेरै खुशी छु ।’

राजनीतिमा रामसहायलाई निरन्तर सक्रिय रहनका लागि आफूले छोराछोरीको हेरचाह र घरव्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हालेको उनको भनाइ छ । ‘आफूहरुले जस्तोसुकै दुःखकष्ट भोगे पनि उहाँ (रामसहाय)ले आफ्नो मेहनतको फल पाउनु भएको छ । हामी त्यसैमा खुसी छौं,’ उनले भनिन् ।

पति उपराष्ट्रपतिमा निर्वाचित भए पनि ५ वर्षपछि गाउँ नै फर्केर आउनुपर्ने भन्दै उनले आफ्नो थलो छोड्न नहुने बताइन् । ‘नेताजी र छोराछोरीले काठमाडौं जान भन्नुभयो तर मैले घर छोड्दा यहाँ सबै व्यवहार बिग्रिन्छ, बस्तुभाउ भोकै हुन्छ, खेतीपाती बिग्रिन्छ,’ उनले भनिन्, ‘५ वर्षपछि फेरि गाउँ नै आउनु पर्छ, त्यसैले सबै व्यवहार भताभुङ्ग पारेर काठमाडौं जानुभन्दा मलाई गाउँमै बस्नु ठिक लाग्यो ।’

यसअघि रामसहाय यादव वन मन्त्री हुँदा चम्पादेवी मन्त्रालय र मन्त्री निवाससमेत कहिल्यै प्रवेश गरिनन् । एक लाख रुपयाँमा किनेको दुहुनो भैंसी मंसिर ४ मा सम्पन्न निर्वाचनमा ६० हजारमै बेच्नुपर्दा चम्पादेवीलाई पीडा भएको छ । ‘यसपटक चुनावले एक लाखको भैंसी ६० हजारमा बेच्नुप¥यो, गाई पनि मर्ने चिन्ताले त्यतिकै पाल्न दिनुप¥यो,’ उनले भनिन् ।

रामसहाय यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिन्छन् । उनी पार्टीको पूर्व महासचिव, केन्द्रीय सदस्य, कार्यकारिणी सदस्य, बारा निर्वाचन क्षेत्र नं २ का संघीय सांसद, पार्टीको संसदीय दलको नेतासमेत रहे । उनको यी सबै सफलताको पछाडिकी मुख्य पात्र चम्पादेवी नै हुन्, जसले घर व्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हालेर उनलाई राजनीतिमा पूर्ण रुपमा समर्पित हुने अवसर सिर्जना गरिदिइन् । साभार : रातोपाटि

अघिल्लो पोस्ट

बाँकेमा चैते धान रोपाई सुरु

अर्को पोस्ट

हिउँदे वर्षाले किसानलाई राहत

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन
मुख्य खबर

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

अर्को पोस्ट
हिउँदे वर्षाले किसानलाई राहत

हिउँदे वर्षाले किसानलाई राहत

दूध उत्पादन गर्ने किसानलाई सकस

दूध उत्पादन गर्ने किसानलाई सकस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist