No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा चैते धान रोपाई सुरु

२०७९ चैत्र ३ गते, शुक्रबार समय: १६:३१ मिनेट
0
बाँकेमा चैते धान रोपाई सुरु
32
शेयरहरू
54
VIEWS
Share on FacebookShare on Twitter

गोविन्द शर्मा

बाँके, चैत ३ गते । बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार किसानहरुले चैते धान लगाउन राखेको ब्याडको आधारमा यसवर्ष गतवर्ष भन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपाई हुनेछ ।

किसानहरुले एकल र सामुहिक रुपमा चैते धान लगाउन सुरु गरेका छन् । यसवर्ष केही दिनयता चैते धान रोपाई सुरु भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले जानकारी दिनुभयो । गतवर्ष बाँकेमा १६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यसवर्ष करिब ३० हेक्टर क्षेत्रफलमा धान रोपाई हुनसक्ने अनुमान कार्यालयको छ ।

“किसानहरुलाई चैते धान लगाउन उत्प्रेरित गर्नका लागि सचेतनामुलक अभियान पनि सञ्चालन गरेका छौं,” कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले भन्नुभयो, “किसानलाई सहुलियत पनि दिएका छौं ।”

कृषि ज्ञान केन्द्रका अनुसार किसानलाई चैते धानप्रति आकर्षण गराउन अनुदानमा धानको बिउँ प्रदान गरिएको छ । साना सिँचाईका लागि सहयोग गरिएको छ । धान बालीमा कुनै किरा वा अन्य रोग देखिएमा नियन्त्रणका लागि सहयोग गर्ने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने तयारी कार्यालयको गरेको छ ।

चैते धान मसिनो लगाउने गरिन्छ । बाँझो खेतमा चैते धान लगाएमा धानको समग्र उत्पादन बढ्ने र भारतबाट चामल आयातमा कमी ल्याउन सकिने भएकाले चैते धानप्रति किसानलाई आकर्षित गराउन खोजिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षामा लगाइने धानभन्दा चैते धानमा किरा रारोगव्याधी कम लाग्ने, गर्मी बढी हुने भएकाले छिटो फल्ने र झारपात पनि कम उम्रने कृषि प्राविधिकहरुको भनाइ छ ।

चैते धान प्रति हेक्टरमा ४ मेट्रिक टन उत्पादन हुन्छ । बाँकेमा करिब पाँच वर्षदेखि चैते धानको सुरुवात भएको हो । पछिल्लो समय सिक्टा सिँचाई आयोजनाले मुल नहर र शाखा नहरमा पानी छोड्न थालेपछि चैते धान लगाउनेहरु बढ्न थालेका छन् ।

जिल्लाको डुडुवा, खजुरा, राप्ती–सोनारी, बैजनाथ लगायतका क्षेत्रमा चैते धान लगाउने कार्य भइरहेको छ । वैजनाथ ८ झिंगौरमा पाँच जना किसानको समूहले यसवर्ष परीक्षणको रुपमा ३५ कठ्ठा जग्गामा चैते धान लगाएका छन् ।

अघिल्लो पोस्ट

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

अर्को पोस्ट

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन
मुख्य खबर

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

अर्को पोस्ट
उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

हिउँदे वर्षाले किसानलाई राहत

हिउँदे वर्षाले किसानलाई राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist