No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

२०७९ फाल्गुन ७ गते, आईतवार समय: ०६:३५ मिनेट
0
कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : कर्णालीको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ पुगेको तथ्यांक सार्वजनिक भएको छ।

२ लाख ८७ हजार ९६२ हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना १५.५ अर्थात् १५ हजार २२८ हेक्टरमा मात्र वर्षभर सिँचाइ वर्षभर पुग्ने भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए।

प्रदेशभर ९९ हजार ५२२ हेक्टर जमिन सिँचाइ योग्य रहेको मन्त्रालयको तथ्यांकमा बताइएको छ।

कुलो वा नहरबाट (सतह) सिँचाइका लागि सम्भाव्य जमिन ३० हजार ३९६ हेक्टर रहेको बताएको छ। नयाँ प्रविधिबाट सिँचाइ गर्न योग्य जमिन ६९ हजार ५९७ हेक्टर छ।

यो आर्थिक वर्षमा सिँचाइका लागि प्रदेश सरकारले ९० करोड रकम मात्र विनियोजन गरी काम गरिरहेको छ। यो रकम अत्यन्तै कम रहेको छ। प्रदेशमा सिँचाइ सम्बन्धी हेर्ने मन्त्रालय नै भौतिक पूर्वाधारमा मिसाएपछि बजेट अझै घटेर कम प्राथमिकतामा पर्ने अधिकारीको दावी रहेको छ।

पञ्च वर्षीय प्रक्षेपणअनुसार २५ हजार हेक्टरमा सिँचाइ सुविधा वर्षभर पुर्‍याई ४० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको मन्त्रालयको दावी रहेको छ। स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा निर्मित सबै योजनाबाट १० जिल्लामा १५ प्रतिशत मात्र भूभागमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने अवस्था हुँदा बाँकी ८५ प्रतिशत खेतीयोग्य भाग आकाशेपानीमा निर्भर छ।​

आकाशे पानीको भरमा खेती गर्दा वर्ष भरीमा एक मात्र बाली उत्पादन हुँदा खाद्य संकट देखा पर्ने गरेको हो। ठूला, ठूला खेती योग्य फाँटमा सिँचाइ सुविधा नहुँदा र भएका योजना पनि दिगो रूपमा सञ्चालन नहुँदा वर्षेनि उत्पादनमा गिरावट हुँदै आएको छ।

सबैभन्दा गरिब प्रदेशको पगरी गुथेको कर्णालीमा राज्यको लगानी समेत अत्यन्त कम रहेको छ। भिरालो तथा अप्ठ्यारो जमिन भएका कारण लगानी समेत धेरै गर्नुपर्ने तर प्रतिफल कम आउँदा आफूहरू हैरान हुँदै आएको किसानले बताएका छन्।

आयातित अन्नबाट बाँच्नुपर्ने अवस्था अन्त्य गर्न वैज्ञानिक योजना बनाई उत्पादन प्रणालीलाई गति दिए मात्र कर्णालीलाई आत्मनिर्भर बनाउन सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

लगानीमा कम भएको र भएका सिँचाइ सुविधालाई पनि व्यवस्थित तरिकाले काम नभएको पाइएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए।

४० प्रतिशत भागमा कुनै न कुनै माध्यमबाट सिँचाइ सुविधा पुगेको उनले बताए। ‘हाम्रो भूगोलमा एउटा भीड फोडेर पानी ल्याउन मात्र ३० लाखभन्दा बढी खर्च हुन्छ, यस्तो तरिकाले कसरी सिँचाइ गर्न सकिन्छ ?’, उनले भने। पानीभन्दा पनि अब मूल संरक्षण गर्नुपर्ने अर्को समस्या उत्पन्न भइसकेको जानकारको भनाइ छ।

अघिल्लो पोस्ट

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

अर्को पोस्ट

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन
मुख्य खबर

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

अर्को पोस्ट
कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

बाँकेमा चैते धान रोपाई सुरु

बाँकेमा चैते धान रोपाई सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist