No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

२०७९ फाल्गुन ७ गते, आईतवार समय: ०६:३० मिनेट
0
६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन
4
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, वीरेन्द्रनगर उपत्यकाको पश्चिम छेउमा रहेको टेम्पो पार्कबाट दक्षिणतर्फ कोलडाँडा जाने कच्ची सडक छ। मुख्य राजमार्गबाट सोही बाटोमा झन्डै एक किलोमिटर पुग्यो भने दायाँतिर टिनले छाएका ठूला टहराहरू भेटिन्छन्।

देख्नेबित्तिकै पशुपालन गर्ने गोठ भनेर अनुमान लगाउन सकिन्छ। ती अलगअलग गोठभित्र अहिले १३० वटा भैंसी लस्करै राखिएका छन्।

ती भैंसी ९ जना किसानहरूको सामूहिक लगानीमा पालिएका हुन्।

तीन वर्षअघि उनीहरूले प्रतिव्यक्ति पाँच लाख रूपैयाँ उठाएर वीरेन्द्रनगर–३ कोलडाँडामा ‘सञ्जीवनी भैंसी फर्म’ सुरू गरेका थिए। उठेको त्यही रकमले सुरूमा भारतको हरियाणाबाट पाँचवटा भैंसी ल्याए। फर्मका लागि चाहिने भौतिक संरचनाहरू तयार पारे।

‘सुरूमा उठाएको ४५ लाख रूपैयाँले थोरै भैंसी किन्यौं। केही संरचना पनि बनायौं,’ सञ्जीवनी भैंसी फर्म सञ्चालन समूहका सदस्य बलबहादुर रोकायाले भने, ‘बिस्तारै थप्दा भैंसीको संख्या बढ्यो। संरचना पनि धेरै बनेका छन्।’

उनीहरूले फर्म सञ्चालनका लागि समूह बनाएका हुन्। यो समूहका ९ जना सदस्य सञ्जीवनी कृषि तथा पशुपालन सहकारी संस्थाका सेयर सदस्य छन्। यो संस्थामा जोडिएका ११६ जना सदस्य किसान आठ वटा समूहमा बाँडिएका छन्। ती सबै समूहले कृषि वस्तु उत्पादन गर्छन्। समूहमा आबद्ध नभएका सहकारीका केही सदस्यले पनि व्यक्तिगत रूपमा कृषि उत्पादन गरिरहेका छन्।

सञ्जीवनी भैंसी फर्म सहकारीको सबभन्दा धेरै लगानी गर्ने समूहमध्येको एक भएको रोकायाले बताए। यो फर्म दुग्ध व्यवसाय प्रवर्द्धनसँगै भैंसी स्रोत केन्द्रका रूपमा स्थापना गर्ने गरी सुरू गरिएको उनको भनाइ छ।

रोकायाका अनुसार यो फर्ममा अहिलेसम्म करिब ६ करोड रूपैयाँ लगानी भइसकेको छ। त्यसमध्ये एक करोड २ लाख रूपैयाँ प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पाएको अनुदान हो। बाँकी सबै रकम ९ जना सदस्यहरूले बराबर लगानी गरेका हुन्।

६ करोड रूपैयाँ लगानी भइसके पनि लगानीकर्ताले अहिलेसम्म नाफा लिन सकेका छैनन्। अब भने लगानी खासै गर्नुनपर्ने भएकाले नाफा आउने आशा पलाएको सञ्जीवनी भैंसी फर्मका अर्का सदस्य गजबहादुर बुढाले बताए।

‘व्यवसायका लागि गर्नुपर्ने लगानी लगभग पूरा भइसकेको छ। अब सञ्चालनका क्रममा तलमाथि हुने लगानी मात्र गर्नुपर्ने हो,’ बुढाले भने, ‘धेरै लगानी गर्नुपरेन भने र दुग्धजन्य वस्तुले राम्रो बजार पायो भने बिस्तारै नाफा आउन सुरू होला।’

फर्ममा दूधबाहेक दही, घिउ, पनीर लगायत दुग्धजन्य वस्तु उत्पादन हुन्छ। यी उत्पादन समूहले सिधै उपभोक्तालाई बिक्री गर्छ। उपभोक्ताले फर्ममा आफैं आएर किनेमा हरेक वस्तुमा १० रूपैयाँ कम मूल्य लिने गरिएको छ।

दुहुना भैंसी धेरै भएका बेला दैनिक तीन सय लिटरसम्म दूध उत्पादन हुने समूहका सदस्य बुढाले बताए।

अहिले भने दैनिक १५० लिटर दूध उत्पादन भइरहेको छ। बुढाका अनुसार १३० वटामध्ये ४० वटा भैंसीले दूध दिन्छन्।

फर्मले विभिन्न वस्तुहरू बिक्री गरेर वार्षिक १ करोड रूपैयाँसम्मको कारोबार गरिरहेको बुढा बताउँछन्। गत वर्ष १ करोड ३० लाख रूपैयाँको व्यापार भएको थियो।

‘तै पनि नाफा छैन। लगानी नै धेरै। त्यहाँमाथि कर्मचारी, उपकरण, घाँस लगायतमा खर्च बढी भएकाले नाफा लिन नसकिएको हो,’ उनले भने।

बुढाका अनुसार फर्ममा १५ जना कर्मचारी काम गर्छन्। तीमध्ये ५ जना आंशिक रूपमा खटिने हुन्। नियमित काम गर्ने कर्मचारीलाई न्यूनतम तलब १५ हजार रूपैयाँ दिने गरेको उनले बताए। अधिकतममा कर्मचारीको तलब २७ हजार रूपैयाँ रहेको उनको भनाइ छ।

अहिले भैंसी पालन गर्न समूहले साढे ५ बिघा जमिन भाडामा लिएको छ। जग्गाको भाडा वार्षिक साढे ५ लाख रूपैयाँ तिर्नुपर्ने उनले बताए। यसबाहेक हिउँदमा थप चार बिघा जग्गा भाडा लिएर घाँस उत्पादन गरिन्छ। यति जग्गामा चार प्रजातिका घाँस लगाइएको छ। तर पनि फर्ममा घाँस नपुगेर बाहिरबाट किन्ने गरेको रोकायाले बताए। घाँस उत्पादनलाई चाहिने मल भने फर्मबाटै पुगिरहेको छ।

फर्ममा भैंसीभन्दा पाडाको संख्या धेरै छ। त्यसैले पाडाहरू घटाउने सोच समूहले बनाएको छ।

‘भैंसीभन्दा पाडा धेरै भएकाले पनि नाफा हुन गरी कारोबार हुन सकेको छैन। हामीले सुरूमा एक सय वटा दूध दिने भैंसी पुर्‍याउने र भैंसीको स्रोत केन्द्र बनाउने भनेका थियौं। तर सफल भएका छैनौं,’ बुढाले भने, ‘अब दूध र दूधबाट बन्ने केही परिकार अनि मल उत्पादनलाई जोड दिने भनेका छौं।’

सदस्य बलबहादुर रोकायाका अनुसार भैंसीको गोबर र पिसाबबाट धेरै मूल्य पाउने गुणस्तरीय मल बनाउन खोजिएको छ। यो वर्षदेखि गँड्यौला प्रयोग गरी मल उत्पादन गर्न लागिएको उनले बताए।

‘हामीले यसका लागि संरचना बनाएर काम सुरू गरिसकेका छौं, बिक्री भने सुरू भएको छैन,’ उनले भने, ‘यसमा हामी सफल भयौं भने पनि नाफा आउन धेरै जोड पुग्ने अपेक्षा गरेका छौं।’

गत वर्ष भैंसीको गोबर बिक्री भएकाले मल उत्पादनमा आफूहरू प्रेरित भएको उनले बताए। अहिले पनि दैनिक एक ट्रक गोबर फर्मबाट बिक्री भइरहेको छ।

भैंसीको पिसाब संकलन गरेर पनि मलका रूपमा बिक्री गर्ने योजना समूहको हो। कम्तीमा पनि लिटरको दुई रूपैयाँमा पिसाब बिक्री हुने रोकाया बताउँछन्।

‘हामीसँग धेरै भैंसी हुने भएकाले यसबाट पनि नाफा हुने देखिएको छ। यसबारे समूहबाट निर्णय गरिसकेका छौं,’ रोकायाले भने।

कृषि फर्महरूले सरकारी अनुदान नपाएसम्म नाफा लिन गाह्रो भएको अनुभव उनलाई भएको छ।

‘एउटा राम्रो जातको भैंसी डेढ लाखमा किनेर ल्याउनुपर्छ। त्यो फेरि ब्यायो भने फाइदा भयो। एक पटक दूध दिएर छोड्यो भने त त्यो ४० हजारमा पनि मुश्किलले बिक्री हुन्छ,’ उनले भने, ‘कृषिमा अरू कुरा पनि त्यस्तै हो। सरकारी अनुदान पाएन भने त व्यवसायबाट आम्दानी हुने सम्भावनै हुँदैन।’ सेतोपाटी बाट साभार

अघिल्लो पोस्ट

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

अर्को पोस्ट

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist