No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

पशुपक्षीप्रति गरिने निर्दयी व्यवहारमा चेतना जगाउन एनिमल नेपालको अभियान

२०७९ माघ १६ गते, सोमबार समय: ०७:३७ मिनेट
0
पशुपक्षीप्रति गरिने निर्दयी व्यवहारमा चेतना जगाउन एनिमल नेपालको अभियान
5
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

आशा परियार – नेपालगन्ज : पशु कल्याणको क्षेत्रमा बिगत ३ बर्ष देखि काम गरि रहेको एनिमल नेपालको आयोजनामा पशु कल्याण सुनिश्चित बिषयमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पशुपक्षी कल्याण सुनिश्चितका लागि मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आईतवार नेपालगन्जमा एनिमल नेपालले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो । पशु कल्याणकाको बिषयमा सरोकारवालाको ध्यान जान नसक्दा बेजुवान पशुहरुले सास्ती खेप्दै आउनुपरेको आयोजकको गुनासो रहेको छ । बरिष्ठ पशु चिकित्सक अतिस कुमार यादबले एनिमल नेपालले बिगत ३ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको बताउदै बताउनुभएको छ । पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन” भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्छ भन्दै आएको उहाँले बताउनुभयो ।

मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि राखेको गुनासो गर्दै बरिष्ठ पशु चिकित्सक अतिसले पशुपक्षीको स्वास्थ्य, जीवनका लागि काम गर्दै आएको एनिमल नेपालले विशेष गरी लुम्बिनी, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा गएर बार्षिक ३ हजार बढि कुकुरहरूको बन्ध्याकरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो । बरिष्ठ पशु चिकित्सक अतिसका अनुसार बाँकेमा मात्र एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गरिसकेको जानकारी गराउँनुभयो । पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारे गुनासो गर्दै उहाँले बेजुबान प्राणीप्रति सद्भावको भावना हुनुपर्ने बताउनुभयो । मान्छे जस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालले बिशेष जोड दिएको छ ।

पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउदै अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने जानकारी गराउनुभयो । अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानको संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा सफल बनाउन मिडीया तथा संचारकर्मीहरुको साथको अपेक्षा गरेको बताउनुभयो । कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचल सम्म गर्ने स्थान नदिएर आजीबन जबरजस्ती अण्डा दिन लगाईन्छ ।

एक गर्भवती महिलालाई जतिको पोषण र आराम चाहिन्छ त्यति नै एक अण्डा उत्पादन गर्ने कुखुरालाई पनि चाहिन्छ ।” मानिसहरूले पशुपक्षी प्रति गर्ने निर्दयी व्यवहारलाई चेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पशुपक्षी कल्याण सम्बन्धी मिडीयाले प्राथमिकता दिएर कलम चलाउन संयोजक कट्टेलले आग्रह गर्नुभएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन र कल्याण निर्देशिका अनुसार पशु पशुपक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई संचारकर्मीको कलमले पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुने आयोजकले जनाएको छ । सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेको छ तर पशु कल्याणका बारेमा अध्ययन अनुसन्धान नगरेको तथा मौन बसेको गुनासो आयोजकले गरेको छ ।

अघिल्लो पोस्ट

विउ बीजन गुणस्तर नियन्त्रण सम्बन्धि घुम्ति कृषक तालिम सम्पन्न

अर्को पोस्ट

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

६ करोड लगानीमा सुर्खेतमा भैंसीपालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist