गुलरिया : बाँकेको खजुरामा रहेको बीउ बिजन प्रयोगशालाले विउ बीजन गुणस्तर नियन्त्रण सम्बन्धि घुम्ति कृषक तालिम बर्दियाको गुलरियामा सम्पन्न गरेको छ । चालु आ.ब.०७९÷०८० को बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत विउ बीजन गुणस्तर नियन्त्रण सम्बन्धि घुम्ति कृषक तालिम दिर्गकालिन महिला कृषि सहकारी सस्था लि.गुलरीया नपा १२ बर्दिया मा सम्पन्न गरिएको हो ।
उक्त घुम्ति तालिम मा ३ वटा सहकारी सस्था(मगिगोर कृषि सहकारी सस्था लि.,जैबिक बिबिधता कृषि स.स्था लि.दिर्गकालिन महिला कृषि स.स.लि बर्दियाका गरि २९ जना कृषकहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा वडा न १२ का वडा अध्यक्ष रामकुमार चौधरीले शुभकामना मन्तब्य सहित कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमा तालिमको सहजिकरण अधिकृत दिनेश प्रसाद भट्टराई ,सहायकस्तर पाचौ निरज कुमार अधिकारीले प्रशिक्षण गरेका थिए ।
तालिमा गुणस्तरिय बीउ उत्पाद्न ,बीउ बालि निरीक्षण,बीउ नमुना सङ्कलन यसका बिधि,बीउ प्रमाणिकरणका बिषयमा बीउ बिजन उत्पादक कृषकलाई सहहिकरण गरिएको हो । कार्यक्रमबाट कृषकहरुले आगामि दिनमा गुणस्तरिय बीउ उत्पादन मा सहज हुने अपेछा लिइएको अधिकृत भट्राईले बताए ।
