काठमाडौं– शखरखण्डलाई नेपालको तराई क्षेत्रमा सुठुनी पनि भनिन्छ भने अंग्रेजीमा स्वीट पोटयाटो । यसलाई आलु जस्तै उसिनेर बोक्रा छोडाएर खान सकिन्छ ।
शखरखण्डलाई तरकारीको रुपमा पनि खान सकिन्छ । यसबाट हलुवा र मिठाई पनि बनाइन्छ । स्वास्थ्यका लागि पनि शखरखण्ड फाइदाजनक हुन्छ ।
शखरखण्डको सेवनले अनुहारमा देखिने चाउरीपनाबाट बचाउन सहयोग गर्छ । जसले हामीलाई समयभन्दा पहिला बुढा–बुढी देखिन दिँदैन ।
शखरखण्डा सेवनले छाला चम्किलो हुन्छ र अनुहारमा चाउरी पर्न दिँदैन । शखरखण्डमा भिटामीन सी पर्याप्त मात्रामा हुन्छ,
जसले छालामा कोलाजिनको निर्माण गर्छ । शखरखण्ड सेवनले तनाव पनि कम हुन्छ ।
शखरखण्डमा फाइबरको मात्रा पर्याप्त मात्रामा हुन्छ, जसकारण यसले खाना पचाउन सहयोग गर्छ र कब्जियत र पेटको अन्य समस्याहरु समाधान गर्न सहायक हुन्छ ।
गाढा रंगको शखरखण्डमा केरोटिनयड जस्ता बीटा केरोटीन र भिटामिन ए अत्यधिक मात्रामा पाइन्छ ।
शखरखण्ड आँखाका लागि अति नै फाइदाजनक हुन्छ । शखरखण्डमा आइरन, फोलेट, कपर, म्याग्नेशियम, भिटामिनहरु प्रसस्तमात्रामा पाइन्छ, जसले रोग प्रतिरोधक क्षमता बढाउँछ ।
