No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

कुखुरालाई खुवाउने दाना आफै बनाउदै कुखुरा बिकास फार्म

२०७९ पुष १९ गते, मंगलवार समय: १९:४२ मिनेट
0
कुखुरालाई खुवाउने दाना आफै बनाउदै कुखुरा बिकास फार्म
4
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

खगेन्द्र दाहाल, खजुरा : बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना बनाउन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्म खजुराले आफ्नो फार्ममा रहेका १२ हजार प्यारेन्ट कुखुराको लागि आफै दाना बनाउन सुरु गरेको हो । एल थ्री दाना फार्मले उत्पादन सुरु गरि कुखुरालाई खुवाइरहेको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. शकर न्यौपानेले जानकारी दिए ।

फार्मले कार्यालय परिसरमै दाना मिल स्थापना गरि मास प्लान्ट दुई वटा बाट प्रतिघण्टा तिन टन दाना उत्पादन गर्दै आएको छ । एउटा क्याटल दाना उत्पादन गर्न र अर्को कुखुराको लागि दाना बनाउन मिलको प्रयोग गरिएको फार्म प्रवन्धक डा. न्यौपानेले जनाए । एउटा दाना मेसिनबाट आम किसानको लागि दाना बनाउने कार्य गरिने र अर्कोबाट फार्मकै लागि दाना बनाइने फार्मले जनाएको छ । कुखुरा विकास फार्म खजुरामा हाल प्रतिदिन १० क्विइटल दाना खपत हुदै आएको छ । बाहिर बाट दाना किन्नु भन्दा फार्ममै रहेको मिलबाट दाना बनाउदा प्रति किलो १० देखि १५ रुपैया सस्तो पर्ने फार्म प्रवन्धक डा. न्यौपानेले जनाए ।

फार्म दाना उत्पादन हुने भएपछि मौसम अनुसार मात्रा आफैले मिलाएर राख्न सकिने हुदाँ पनि यसको प्रतक्ष प्रभाव कुखुराको उत्पादनमा देखिने हुदाँ सहज हुने फार्मका योजना अधिकृत कर्मध्वज छत्यालले जनाए । दाना मिल आफ्नै हुदाँ कुुखुरामा लाग्ने लागत धेरे कम हुने देखिएको योजना अधिकृत छत्यालले बताए ।

नेपाल सरकारको मातहतमा रहेर संचालनमा रहेको कुखुरा विकास फार्ममा न्यु हेम्पसायर र अष्ट्रालोर्प जातका कुखुरा र केहि स्थानिय अन्य जातका रहेका छन । नेपाल सरकारको ब्रिडर फार्म रहेकाले नाफा भन्दा पनि गुणस्तरमा विशेष ध्यान दिने गरिएको फार्मले जनाएको छ । एक वर्ष अघि दाना उद्योगका लागि भवन निर्माण गरि मिल स्थापना गरिएपनि हालै मात्र दानाको उत्पादन सुरु गरिएको हो । दाना उद्योगका लागि १ करोड १० लाख खर्च भएको फार्म प्रवन्धक डा. न्यौपानेले जानकारी दिए ।

अघिल्लो पोस्ट

तेस्रो कोसेबाली कार्य समुह बैठक सम्पन्न

अर्को पोस्ट

नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न

नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist