नेपालगन्ज : पशुचौपायाको सहज आहारा व्यवस्थापनका लागि बैजनाथ गाउँपालिकाले किसानलाई विद्युतिय चारा मेसिन सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदान सहयोगमा चारा मेसिन वितरण गर्न लागेको हो । यस आर्थिक वर्षमा बैजनाथलाई २० जना पशुचौपाया किसानलाई विद्युतिय चारा मेसिन सहयोग गर्नेछ । यसभन्दा अघिल्लो वर्ष पनि पालिकाले यहाँका २० जना किसानलाई चारा मेसिन सहयोग गरेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा भने एक सय जनालाई सादा मेसिन वितरण गरेको थियो । एउटा विद्युतिय चारा मेसिनलाई ३६ हजार सम्म पर्ने अनुमान गरिएको छ ।
जसमा १८ हजार किसान स्वयमले बेहोर्ने र १८ हजार गाउँपालिकाले बेहोर्ने गरी वितरण गरिने तयारी रहेको पशुसेवा शाखाका अधिकृत खड्क बहादुर सिंहले जानकारी दिए । अहिले सहयोग गर्न लागिएको चारा मेसिन दर्ता भएका र नभएका दुबै किसानले पाउने शाखाले जनाएको छ ।