No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

कुखुरा पालनमा करोड बढीको लगानी

२०७९ मंसिर २६ गते, सोमबार समय: ११:५७ मिनेट
0
कुखुरा पालनमा करोड बढीको लगानी
4
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

जानु पाण्डे

कपिलवस्तु : कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अंगाल्नु भएको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएका साथीहरुको सल्लाह लिएर कुखुरापालन गर्न आग्रह गरेपछि विदेश जाने तयारी त्यागेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो ।

‘विदेशको कमाइले बचत नहुने देखिएपछि स्वदेशमा केही गरौँ भनेर लेयर्स पालनतर्फ लागेको थिएँ । म ३० वर्ष हुँदा व्यवसाय सुरु गरेको थिएँ । सुरुमा प्राविधिक सहयोग नपाउँदा युट्युबको भिडियो हेर्दै तीन सय कुखुरा पालेर व्यवसायको सुरुवात गरेको थिएँ ।

सुरुमा २ लाख रकम लगानी गरी कुखुरा पालेको’ अधिकारीले बताउनुभयो । आधुनिक प्रविधि प्रयोग गर्ने उद्देश्यपछि भारत पुगेर खोर निर्माण विज्ञको सहयोग लिई प्रविधिको प्रयोग गरिएको बताउनुभयो ।

फर्ममा उत्पादन भएका अण्डा स्थानीय बजार र नजिकका जिल्लामा खपत हुने बताइएको छ । सुरुमा लगानी बढी भए पनि त्यसबाट मुनाफा धेरै हुने उहाँको भनाइ छ । लेयर्स कुखुरालाई आवश्यक पर्ने दाना समेत उहाँले आफैँ उत्पादन गर्दै आउनुभएको छ । सप्लार्यससँग खरिद गरेको दाना महँगो पर्ने भएकाले उत्पादन लागत बढी हुने अधिकारीको भनाइ छ ।

पहिलो ६ महिना चल्ला हुर्किने र बाँकी डेढ वर्षसम्म अण्डा उत्पादन गर्न सकिन्छ । कुखुराको मल माछाको दाना र खेतबारीमा मलको रुपमा प्रयोग हुने हुँदा सहजै बिक्री हुने गरेको छ । अण्डा दिन छाडेपछि मासुको रुपमा बिक्री हुने हुँदा अन्य कुखुरा पालन भन्दा मुनाफा धेरै हुने बताइएको छ ।

हाल ५ हजार कुखुरा आधुनिक खोरमा पालिएको छ । दाना पानी दिने अण्डा संकलन गर्ने सबै काम अटोमेटिक हुने बताइएको छ । हालसम्म अधिकारीले डेढ करोड बढीको लगानी भएको छ ।

अघिल्लो पोस्ट

अदुवा–चियाका फाइदा

अर्को पोस्ट

ग्रामिण पर्यटन प्रर्वद्धन गर्दै कुखुरा विकास फार्म

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
ग्रामिण पर्यटन प्रर्वद्धन गर्दै कुखुरा विकास फार्म

ग्रामिण पर्यटन प्रर्वद्धन गर्दै कुखुरा विकास फार्म

बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने ?

बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist