मत्स्य पालक किसानले दिए प्रशासनमा धर्ना


  • 9
    Shares

नेपालगन्ज : बाँके र बर्दियाका मत्स्य पालक किसान आन्दोलित भएका छन । किसानहरुले आज नेपालगन्जमा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना दिएका हुन ।

मत्स्य व्यवसायि संघ बाँके र बर्दिया, मत्स्य पालक कृषक संघ नेपालगन्ज, प्रदेश स्तरिय मत्स्य पालक कृषक संघ लुम्बिनी प्रदेशको सयुक्त आयोजनामा भएको धर्ना कार्यक्रममा सहभागिहरुले सिमा बाट भित्रिने अवैध माछा नियन्त्रण गर्न, अखाद्य तथा गुणस्तरीय माछा विक्रि वितरण बन्द गर्न माग सहित धर्ना बसेका हुन । मत्स्य व्यवसायिको संरक्षण गर, मत्स्य किसान एक हौं, प्रशासन किसानलाई ध्यान देउ लगाएतका विभिन्न प्लेकार्ड बोकेका व्यवसायिहरुले बोकेका थिए ।

बाँके, बर्दियामा यो वर्ष माछाको उत्पादन अधिक रहेको र सोको विक्रि भने कम रहेकोले यस तर्फ प्रशासनले विषेस ध्यान दिन किसानहरुले आग्रह सहितको ध्यानाकर्षण गराएका थिए । भारतबाट लुकि छिपि भित्रने माछाका कारण नेपालका किसानले उत्पादन गरेका माछाले बजार पाउन नसकेको किसानहरुको गुनासो छ । भारतिय माछालाई निरुत्साहित गर्ने गरि प्रशासनले कडा कदम चाल्न पर्ने किसानहरुको माग छ ।

Leave a Reply

Your email address will not be published.