बैजनाथबाट गोहीलाई उद्धार


राप्ती सोनारी : बाँकेको बैजनाथ गाउँपालिका वडा न ८ बाट गोहीलाई उद्धार गरिएको छ । बैजनाथ ८ चौफेरीस्थित स्थानीय देबजङ शाहको घरबाट गोहीलाई उद्धार गरिएको हो ।

गोही स्थानीय मानखोलाबाट आएको अनुमान गरिएको छ । जिल्ला वन कार्यालयको टोलीले उक्त गोहीलाई नियन्त्रणमा लिएको बैजनाथ ८ का वडा सदस्य धिरेन्द्र सिह ठकुरीले जानकारी दिए ।

मानखोलामा पानीको सतह बढ्ेपछि गोही बैजनाथ गाउँपालिकाका विभिन्न स्थानमा आउने गरेको पाइएको स्थानीयको भनाई छ ।

केहि समय अघि राप्ती सोनारी गाँउपालिकाको अगैया पुलमा भेटिएको गोहि पनि उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.