साउन धनगढी : नेपाल कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा हिमेश विक सर्वसम्मत चयन भएका छन् । आज (मंगलबार) धनगढीमा नेपाल कृषि पत्रकार महासंघले आयोजना गरेको प्रदेश समिति घोषणा कार्यक्रममा विकको अध्यक्षतामा
तेह्र सदस्यीय कार्यसमिति चयन भएको हो ।
विकको नेतृत्वको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी तर्कराज भट (कन्चनपुर) रहेका छन् । त्यस्तै, सचिवमा तेज बोहोरा (बझाङ), सहसचिवमा अनिता चौधरी (कैलाली), कोषाध्यक्षमा सरस्वती साफरी क्षेत्री (कैलाली) रहेका छन् ।
प्रदेश कमिटिको सदस्यहरुमा रेखा कलौनी (बझाङ), भागरथी सामन्त (दार्चुला), धनी काली (डेडेल्धुरा), राजन जैगडी (धनगडी), देबराज पाध्य (बाजुरा), सुरज सुनार (अछाम), दिपक नेपाली (कन्चनपुर) र मोहनबहादुर चन्द (बैतडी) रहेका छन् ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, नेपाल कृषि पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारी, महासचिव पवन श्रेष्ठ र सचिव गोपाल आलेमगर लगाएतको उपस्थिती रहेको थियो ।