आत्मनिर्भर बन्दै बर्दियाका किसान


  • 1
    Share


संजय आचार्य
बर्दिया ,साउन,०१ : बर्दिया जिल्लाका किसान व्यवसायिक रुपमा कृषि कर्म गर्न अग्रभर भएपछि आत्मनिर्भर बन्दै गएका छन । खेति बाटै आफ्नो घर खर्चका साथै बचत गर्न समेत सकेका बर्दियाका किसानहरु आफ्नै गाउँघरमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका हुन । बर्दियामा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाईले बर्दियाको बिभिन्न स्थानमा लगानी गरेको छ । लगानीमा सञ्चालित आयोजनाहरुको अवस्था के कस्तो छ भनी पत्रकार, राजनीतिक दल लगायत सरोकारवाला संग संयूक्त अनुगमन समेत गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियाकोे गुलरिया नगरपालिका वडा नं. १२, वडा नं. ४,र मधुवनको वडा न ६ मा संयूक्त अनुगमन गरीनुका साथै कृषक पुस्तकालय तथा ज्ञान केन्द्रको अवलोकन समेत गरीएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बिनोद घिमिरेले बताउनु भएको छ ।
गुलरिया नगरपालिका वडा नं. १२ का दिलिप कुमार थारुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा दिलिप लघु कृषि तथा पशु फर्मले तरकारी खेती सञ्चालन गर्नु भएको छ । थारुले तरकारी खेतीबाट सिजनमा मासिक करीब एक लाख सम्म आम्दानी हुने गरको बताउनु भयो ।
आफनो परीवारले समेत काम पाएको र फर्ममा पाँच जनालाई नियमित र अन्यलाई दैनिक रुपमा रोजगारी दिएको थारुले बताउनु भयो । थारुले आफूले उत्पादन गरेको तरकारी बाके र बर्दियामा खपत हुने र आगाामी दिनमा अइmै तरकारी खेती बिस्तार गर्ने थारुले बताउनु भयो ।
गुलरिया नगरपालिका वडा नं.४ की हरिकला वलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजनाको आर्थिक सहयोगमा सुसन कृषि तथा पशुपंक्षी फर्मले केराको बिरुवा उत्पादन गर्नु भएको छ । केराको विरुवा उत्पादन अन्तिम चरणमा रहेको बताउदै नर्सरीबाट उत्पादन गर्ने साँेचले नर्सरी बनाएको वलीले बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय अन्तगर्त केरा जोन समन्वयका अध्यक्ष टंकनाथ योगीले गुलरिया, मधुवन र बाँसगढी नगरपालिका गरी एक सय ६८ हेक्टरमा केरा खेती भइरहेको बताउनु भयो ।
केरा जोन क्षेत्रको विकास र चक्लाबन्दी प्रोत्साहन गर्न किसानलाई कृषि यन्त्र, सिचाँइ, बेर्ना र प्राविधिक सहयोग कार्यालयले गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन प्रमुख कृष्ण धितालले बताउनु भयो ।
मधुवन नगरपालिका–६ का चित्र बहादुर लामिछानेले १५ कठ्ठा जग्गामा लगाएको ड्राईगन खेतीको पनि अनुगमन गरिएको छ । लामीछानेले अहिले सम्म तीन ,कसिमको ड्राईगन फ्रुट लगाएको बताउनु भएको छ । सेतो रातो र पहेलो ड्राईगन फ्रुट करीब ८ सय देखी १ हजार प्रति किलोग्राम सम्म बिक्री भईरहेको लामीछानेले बताउनु भयो ।
पछिल्लो समय ड्राईगन फ्रुट खेती तर्फ किसानको आकर्षण बढ्दै गएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बिनोद घिमिरेले बताउनु भएको छ । ।
जिल्लामा रहेका किसानहरुको ज्ञान र सीप वृद्धि र विकास गर्न कृषक पुस्तकालय तथा ज्ञान केन्द्रको स्थापना गरिएको प्रमुख घिमिरेले बताउनु भएको छ । ज्ञान केन्द्रमा गएर कृषि सम्बन्धी पुस्तक अध्ययन गर्न सकिने साथै विज्ञसँग किसानले आफ्नो समस्याको बारेमा सेवा लिन सक्ने व्यवस्था गरिएको बताउनुु भएको छ ।

Leave a Reply

Your email address will not be published.