No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालमा भटमास बालीको अवस्था, महत्व, चुनौती तथा सम्भावना

२०७९ असार २५ गते, शनिबार समय: ०९:०० मिनेट
1
नेपालमा भटमास बालीको अवस्था, महत्व, चुनौती तथा सम्भावना
9
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

१.बस्तुस्थिति
भटमास (Glycine max L. Messil) एक महत्वपुर्ण वर्षे दलहन बाली हो । नेपालमा यसको उत्पादकत्व १.२५ टन प्रति हेक्टर र यो बालीले जम्मा दलहन बालीको ८५ क्षेत्रफलमा र ८५ उत्पादनमा हिस्सा राख्दछ । आर्थिक वर्ष २०७५÷७६ मा २५१७९ हेक्टर क्षेत्रफलमा भटमास लगाई ३१५६७ मे.ट. उत्पादन भएको थियो (कृषि विकास मन्त्रालय, २०७६)। यसको खेती मुख्य गरी नेपालको मध्य पहाड, उपत्यका, टार तथा वेसी क्षेत्रमा गरिन्छ । हाल यो बाली तराई तथा भित्री मधेशमा पनि फैलिदैं छ । तथ्याड. केलाउदा यो बालीले मध्य पहाड तथा उपत्यकामा अधिक उत्पादन (२५१९२ मे.टन) झण्डै ८३ प्रतिशत , उच्च पहाडमा ३०४६ मे. टन र तराईमा २१८४ मे. टन झण्डै ७ प्रतिशत ओगटेको पाइन्छ । पछिल्ला दश वर्षहरुमा नेपालमा भटमासको उत्पादकत्व प्रवित्ति हेर्दा सन् २०१० भन्दा अगाडि १ टन प्रति हे. को हाराहारी भएकोमा २०७६।७७ माआईपुग्दा केही वृद्धि भई १.२९ टन प्रति हे. रहेको देखिन्छ । पोल्ट्री फीड तथा खाद्य उद्योगमा भटमासको दाना बनाउन तथा खाद्यान्न परिकार दालमोट आदि बनाउन तराई र भित्रि मधेशमा यसको बिशेष माग छ । आ.व. २०७५।७६ को कृषि तथ्याङ्क अनुसार भटमासको वीउ १०६.३४० मे. टन रु. ८३ लाख १२ हजार आठ सय असि मूल्य बराबरको आयत भएको छ, त्यसै गरी भटमासको दाना ११००७९.९३० मे.टन रु ५ अर्व ८५ करोड ५३ लाख ६४ हजार ६ सय सत्तरी बराबरको, भटमासको पिठो तथा पिना ३३.७६२ मे. टन रु.२९ लाख ८७ हजार १ सय नब्बे बराबर, कच्चा भटमास तेल १५१५८२.८ मे. टन रु १३ अरब ४३ करोड १ लाख ५ सय पन्ध्र बराबर, भटमास तेल र अंश २२०.४८३ मे. टन रु २ करोड ७६ लाख ५ हजार ३ सय वीस बराबर तथा भटमास ससेस ७९७.३२० मे टन रु ५ करोड ५३ लाख ६६ हजार ८ सय वीस बराबरको आयत भएको देखिन्छ । हाल यसको आपुर्ति ब्राजील, अर्जेन्टिना, इथोपिया, भारत बाट रु १९ अरब ३७ करोड ९७ लाख ४२ हजार ३० रुपैयाको आयत भएको छ । सोही समयमा नेपाल बाट ५.६८ मे. टन भटमासको वीउ निर्यात भएको देखिन्छ । नेपालको सन्दर्भमा ११०२१४.४ मे. टन भटमास अभाव भएको र हाम्रो सम्पूर्ण आवश्यकता १४१७८१ं.३८२ मे. टन रहेको छ । समग्रमा हेर्दा नेपालको विभिन्न हावापानीमा ८७९११ हे. क्षेत्रफलमा यसको विस्तारण गर्न सक्ने अवस्था देखिन्छ । भटमास खेती समुन्द्र सतह देखि १५० देखि २००० मीटरको उचाईमा सफलतापुर्वक गर्न सकिन्छ । भटमास पाखो बारीमा मकै संग मिश्रीत वा अन्तरवाली प्रणाली्को रुपमा वा एक्लो भटमास वालीको रुपमा लगाईन्छ भने धान खेती गर्ने जग्गामा आलीमा लगाउने प्रचलन छ । कोसेवाली अनुसन्धानले गरेको विभिन्न परिक्षणबाट चांडै पाक्ने, धेरै उत्पादन दिने, प्रोटिन वा चिल्लो पदार्थ घनिभूत पाइने नयां प्रजातीको विकास, पहेंलो छिरवीरे रोग तथा किरा सहन सक्ने जातको विकास भएको र जलवायु परिवर्तन अनुकुलन प्रविधि विकासको लागि अनुसन्धान कार्य जारी रहेको छ । हाम्रो वर्तमान खेती प्रणालीमा मकै पछि भटमास लगाई तोरी वा अन्य हिउंदे वाली सजिलै भित्राउन सकिन्छ । भटमासको दानामा ४० देखि ४५५ प्रोटीन, १७ देखि २०५ तेल, भिटामिन वी,सी,ई, कच्चा रेसाहरु, कार्बोहाड्रेट तथा खनिज पदार्थहरु पनि यथेष्ठ मात्रामा पाईन्छन् । जबकी धानमा ७५,गहुंमा १२५, मकैमा १०५ तथा अन्य कोशेवालीमा २० देखि २५५ सम्म मात्र प्रोटीन पाईन्छ ।


२.महत्व
यसको गेडा हामी भुटेर, अचार बनाएर एवं पानीमा भिजाई टुसा उमारी क्वांटीको रुपमा उपयोग गर्ने चलन छ । भटमासमा लिनोलिक एसिड (४८० देखि ५८० ग्राम प्रति के.जी.), लिनोलेनिक एसिड (५० देखि ८० ग्राम प्रति के.जी.), ओलिक एसिड (३० देखि ४० ग्राम प्रति के.जी.) तथा पाल्माटिक एसिड (१२० देखि १३० ग्राम प्रति के.जी.) पाईने भएकोले कोलेस्टेरोल तथा रक्तचापलाई घटाई २८५ सम्म हृदयघातवाट वच्न सकिन्छ । शाकाहारीको लागि भटमास प्रोटिनको भरपर्दो श्रोत भएकोले कोरानाको महामारी बाट बच्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । भटमासको हरियो कोसा तरकारीको रुपमा, सुकेको दाना भए भुटेर खान सकिन्छ । भटमास रमाइलो समयमा खाजाको महत्वपूर्ण आइटम हुने गरेको छ । यस बाहेक यसको प्रयोग दुध, तेल, तोफु सोयासस् बनाउनुका साथै सर्वोत्तम पिठो तथा सातु बनाउनमा समेत प्रयोग गरिन्छ । भटमासको पीना कुखुरारगाईवस्तुको दाना वनाउन व्यापक प्रयोग हुने भएकोले दिनानुदिन यसको चर्को माग भईरहेको छ । यसलाई हरियो मलको रुपमा प्रयोग गर्ने एवं गाईवस्तुलाई हरियो घॉसका रुपमा खुवाउने प्रचलन छ । यसको जरामा भएको गिर्खाहरु द्धारा औसतमा ६० देखि १६८ के.जी.प्रति वर्ष प्रति हेक्टर वायुमण्डलको नाइट्रोजन स्थिरिकरण गर्न सक्ने हुँदा माटो मलिलो बनाउंन सहयोग गर्दछ । त्यस्तै यसको तेल कोलेस्ट्रोल रहित हुने भएकाले मुटु तथा मधुमेह रोगीहरुका लागि खान समेत लाभकारी मानिन्छ । यसरी बहुउपयोगि भटमास बालीको यति धेरै माग हुदॉहुदै र प्रचुर सम्भावना बोकेको बालीलाई नेपाल सरकार, कृषि मन्त्रालयले खेल परिवर्तक परियोजनामा यो बालीको समावेश नगर्नु र प्रथामिकतामा नपार्नु तथा सरोकारवालाहरुले भटमास खेती व्यवसायिककरणमा ध्यान दिन नसक्नु दुखः लाग्दो कुरा छ ।


३.भटमास खेती नै किन गर्ने ?
* यसको खेती फराकिलो दायरामा तराईको १५० मी. बाट समुन्द्र सतह देखि २००० मी. भन्दा माथी सम्म उच्च पहाडमा गर्न सकिन्छ ।
* भटमास उत्पादित मुख्य जिल्लाहरु डोटी, काभ्रे, सल्यान, मकवानपुर, खोटाङ्क, डढेल्धुरा, बैतडी, प्युठान, गोर्खा, सिन्धुपाल्चोक तथा कैललाी रहेका छन् ।
* यसलाई खाद्यान्न परिकारहरु बच्चाको लागि लिठ्ठो देखि भुटेर, तारेर , हरियो कोसा तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।
* कुखुरा तथा गाईवस्तुको लागि दाना बनाउन महत्वपूर्ण अंशको रुपमा प्रयोग भईरहेको छ ।
* नेपालमा भटमास एक विशाल निर्यातजन्य बालीको रुपमा आउन सक्ने सम्भावना छ ।
* भटमासलाई गरीबको मासु भन्ने गरीन्छ जसमा ४५ प्रतिशत प्रोटिन, २५ प्रतिशत चिल्लो पदार्थ पाईन्छ ।
* यो बाली सुख्खा सहन सक्ने , सीमान्तकृत जमिनमा खेती गर्न सकिने जलवायु परिवर्तन अनुकुलन बालीको रुपमा लिन सकिन्छ ।
* माटो स्वस्थ राख्न तथा वायुमण्डल बाट नाईट्रोजन मल स्थिरीकरण गर्न सक्ने क्षमता भएको बाली ।

४.भटमासका सिफारिस जात र क्षेत्र
भटमासका बिभिन्न जातहरु बिभिन्न जलबायु तथा भौगोलिक वातावरणको लागि उपयुक्त हुने जातहरु सिफारिस गरिएको छ । एउटै जात सबै ठाउँको लागि उपयुक्त हुदैन् । निश्चित जात छनौट गरी सिफारिस गरिएका क्षेत्रमा लगाउदा भटमास कृषकहरुले मनग्य उत्पादन लिन सक्छन् । बीउ प्राप्त गर्ने भरपर्दो श्रोत कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके, कृषि अनुसन्धान फार्म/केन्द्र, वीउ कम्पनी तथा प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना डढेल्धुरा भटमास जोन, कृषि ज्ञान केन्द्र, डोटि आदि हुन् । कोसेबाली अनुसन्धान कार्यक्रम खजुराले भटमास बालीको प्रजनन र मूल बिउ उत्पादन गरी बिभिन्न सरकारी र गैरसरकारी संघ संस्था, सहकारी, वीउ कम्पनि र कृषक समुहहरुलाई उपलब्ध गराउदै आएको छ ।

५.भटमासका सिफारिस योग्य जातहरु र गुणहरु

*     उत्पादन क्षमता उच्च रहेको , रोग कीरा सहन सक्ने तथा उच्च प्रोटिनका मात्रा भएका भटमासका जातहरु पी.के.७३९४ (४३.१७%), पी.के. ३२७(४२.११%) तथा एल एस ७७–१६–(१६ (४१.९३%) त्यसै गरी उत्पादन क्षमता उच्च रहेको , रोग कीरा सहन सक्ने तथा उच्च चिल्लो पदार्थ (तेल) का मात्रा भएका भटमासका जातहरु टी.जी.एक्स १९९०–८०एफ (१७.९५%), टी.जी.एक्स १९९०–११०एफ एन तथा टी.जी.एक्स १९८९–६८एफ एन  (१७.४१%), टी.जी.एक्स १९९०–१०६एफ एन (१७.३१%) तथा टी.जी.एक्स १९८७–६२एफ (८६.७०% असंतृप्त फैटी एसिड)

६. भटमास बालीमा चुनौतीहरु

*     विगत चार दशकमा ८ जातहरु मात्र विभिन्न हावापानीको लागि सिफारीस भएको ।

*     उपलब्ध सिफारीस जातहरु सेता रङ्गका दाना हुनु तर पहाड क्षेत्रमा कृषकहरु उच्च उत्पादन दिने , रोग कीरा कम लाग्ने र भटमास दानाको रङ्ग कालो तथा खैरो भएको मन पराउछन् ।

*     विभिन्न हावापानीको लागि उपयुक्त सिफारिस जातहरुको कमी हुनु ।

*     उच्च उत्पादन दिने, छिटो पाक्ने जातहरुको  अभाव हुनु ।

*     उपलब्ध सिफारीस जातहरु उत्पादनको दृष्टिले वा रोग कीरा सहन सक्ने सन्दर्भमा स्थिर जात नहुनु ।

*     नेपालमा कुखुराको दाना उद्योगको लागि ठूलो मात्रामा  भटमास तथा भटमासजन्य पदार्थहरुको आयत हुनु ।

*     जैविक तथा अजैविक समस्याहरु उत्पादन कारकतत्वको प्रमूख चुनौती हुन ।

*     पहाडी क्षेत्रमा भटमासमा लाग्ने भ्याकुते आंखे, कोसे डढुवा, व्यक्टेरियल पोष्टुलर डढुवा, राइजोक्टेनिया एरियल डढुवा को समस्या हुन् भने तराई क्षेत्रमा पहेंलो छिरबिरे रोग साथै झुसिलो कीरा, चुसाहा कीरा, सेतो झिङ्गा भटमास खेतीको ठूलो समस्या रहेको छ ।

*     भटमास बालीको जातीय सुधार कार्यक्रम अझैपनि परम्परागत प्रजनन् प्रणालीमा आधारित छ जुन अहिलेको जलवायु परिवर्तन र जनसंख्या वृद्धिको प्रभावलाई सामना गर्न सक्षम छैन् ।

७. नेपालमा भटमास बालीको सम्भावना

*     मकै खेती हुने सम्पूर्ण क्षेत्रहरुमा तराई देखि उच्च पहाड सम्म भटमास खेती एकल बाली वा मकै संग मिश्रीत ÷ अन्तर बालीको रुपमा यसको खेती गर्न सकिन्छ ।

*     नेपालमा कुखुरा ÷ गाईवस्तुको लागि  दाना उद्योगको स्थापना प्रशस्त मात्रामा भईरहेकोले दानाको कच्चा पदार्थ बनाउन भटमासको माग चर्कोरुपमा  बढदो छ ।

*     खाद्य उद्योग (दालमोट, चिप्स, तेल आदि) को लागि भटमासको कच्चा पदार्थको माग अध्यधिक रहेको छ ।

*     नेपालमा हरेक वर्ष २० देखि ३० अर्बको भटमास तथा भटमासजन्य पदार्थहरुका आयत हुनुले पनि यसको सम्भावना रहेको छ ।

*     नेपालमा अझैपनि असिंचित जग्गा सीमान्तकृत बाझो झण्डै ६५ प्रतिशत भएकोले यस बालीको विस्तारण सम्भावना छ ।

*     अन्न बालीको दांजोमा भटमास बालीको स्थिर मूल्य उच्च रहेकोले पनि र नेपाल सरकार बाट उचित बजारीकरण गर्न सकेमा यस बालीमा सम्भावना रहेको देखिन्छ ।

*     हाल कोसेबाली अनुसन्धान संग प्रोटिन वा तेलको मात्रा घनिभुत भएका जातहरु विकसित भएका छन्  साथै १५० वटा भन्दा धेरै स्थानिय जातहरु जो कालो, खैरो तथा सेतो भटमासहरुको जर्मप्लाज्ममा अध्ययन अनुसन्धान भईरहेको अवस्था  छ ।

*     विगतमा भटमास बालीमा अध्ययन अनुसन्धान गरी आधा दर्जन विधार्थीहरु विद्यावारधि तथा मास्टर गरेकोले पनि जनशक्तीमा कमी छैन् ।

*     सिफारिस भटमास मध्ये पुजा, कव, सेती तथा तरकारी भटमासको माग बढि हुनुले पनि यसको सम्भावना रहेको पुष्टि हुन्छ ।

*     अन्तराष्ट्रिय संस्था आई आई टी ए , नाईजेरीया तथा ए भी आर डी सी, ताईवान बाट जैविक सम्पदामा तथा प्राविधिक सहयोग भईरहेकोले हामीले जातीय विकासमा उल्लेख्य प्रगति गर्न सक्षम छौं ।

*   डडेल्धुराका पाँच स्थानीय तहमा ‘भटमास जोन’ लागु भएपछि नयाँ प्रबिधि अपनाएर गरिएको भटमास खेती राम्रो उत्पादन हुने संकेतले डडेल्धुराका सात वटा स्थानीय तह रहेको जिल्लाका ५ स्थानीय तहमा भटमास जोन लागु भएकोले यस बालीको विस्तारण सम्भावना छ ।

८. भटमास बालीमा अनुसन्धान तथा विकासका लागि रणनिति

*     नेपाली स्थानिय भटमास प्रजातीहरुको सङ्कलन, मूल्याङ्कन, चारित्रीकरण, उपयोग तथा प्रबर्दन

*     उच्च उत्पादन दिने, रोग किरा सहन सक्ने प्रतिरोधी र प्राकृतिक विपत तनाव सहनशील प्रजातिहरूको विकासका लागि प्रजनन कार्यक्रममा नेपालको विभिन्न हावापानी बाट भटमासको आनुवंशिक विविधताको अध्ययन तथा अन्वेषण।

*     अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा भटमास बालीमा काम गर्ने वैज्ञानिक । अनुसन्धानमा संलग्न अधिकृतहरुलाई नियमित प्रशिक्षण र एक्सपोजर भ्रमण प्रदान गरी परम्परागत प्रजननबाट प्रजनन कार्यक्रमको आणविक स्तरमा परिवर्तन गर्ने।

*     भारतबाट भटमासको तेल आयात प्रतिीथापन गर्न  तथा ठूलो रकमको लगानीलाई न्यूनीकरण गर्न उच्च तेल भएका भटमासको प्रजातिको पहिचान तथा जातीय सुधार प्रजनन् काम गर्ने 

*     अत्याधिक चिस्यान भयेको जग्गा वा पानी जम्ने जग्गामा सहन सक्ने भटमासका जातहरू विकास गर्ने

*     पहाडी क्षेत्र भटमास उत्पादनको प्रमुख क्षेत्र भएकाले उच्च उत्पादन दिने जातको विकास गरी कृषक माझ व्यापक प्रचारप्रसार गर्ने

*     कृषकहरुलाई भटमास बालीमा आकर्षित गर्न विशेष उत्पादन प्याकेज जस्तै सुधारिएको बीउमा अनुदान, किसानमैत्री कृषि मेसिन जस्तै मिनी पावर टिलर, पावर वीडर, स्प्रेयर उपलब्ध गराउने  ।

*     न्यूनतम समर्थन मूल्यमा उत्पादन बिक्री हुने बारे किसानहरूलाई आश्वस्त र ग्यारेन्टी हुनु पर्ने

*     भटमासलाइ  भटमास मिशनको रूपमा सरकारी गेम चेन्जर परियोजनामा समावेश गरिनु पर्ने

*     प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भटमास क्षेत्रका विभिन्न पकेट क्षेत्रहरूमा भटमास जोन कार्यक्रम सुरु भइसकेको र अझ विस्तार गर्न आवश्यक ।

अघिल्लो पोस्ट

जिल्ला दुग्ध व्यवसायी संघ बाँकेद्धारा प्रदेशका अर्थमन्त्रीलाई ज्ञापन

अर्को पोस्ट

आत्मनिर्भरताको व्यवसाय : कुखुरा पालन

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
आत्मनिर्भरताको व्यवसाय : कुखुरा पालन

आत्मनिर्भरताको व्यवसाय : कुखुरा पालन

आत्मनिर्भर बन्दै बर्दियाका किसान

आत्मनिर्भर बन्दै बर्दियाका किसान

टिप्पणीहरू 1

  1. दामाेदर पाैड्याल says:
    9 months ago

    लेखका लागि लेखकलाइ मुरीमुरी धन्यवाद । यसले शनिवारकाे एउटा समयखण्ड रूचिपूर्वक विताउन मद्दत गर्याे । जनशक्ति कतिलाइ पर्याप्त भन्ने चाहिँ छलफलकाे बिषय हाेला । मूख्य कुरा नयाँ बिद्यार्थीलाइ उचित सल्लाह र बिषय छनाैट गर्न हाम्राे विद्यमान शैक्षिक प्रणालीले सघाइ रहेकाे छैन भन्ने भान हुन्छ । विद्यार्थी नयाँ वाली र क्षेत्रमा अाकर्षित हुन सकेका छैनन् । भाेलि गएर यस क्षेत्रमा पेशागत सम्भावनाहरू देखाउन सकियाे भने अाज जनशक्ति विकासमा लगानी अाउन सक्छ । अाधा दर्जन मात्रैले पनि भटमास पढीदिँदा खुशी हुनु परेकाे अवस्था छ । भटमास विज्ञहरूले भटमासमै (कार्यक्षेत्र) काम गरीरहन हाम्राे कर्मचारी पद्दतीले पनि सहयाेग गर्ला जस्ताे लाग्दैन । बेमाैसमी र माैसमी सरूवाले नयाँलाइ नयाँ सिक्न वाध्य पारेकाे हुन्छ वा लामाे समयमा यसमा लागेकाकाे क्षमता विकासका लागि कार्यक्रम र बजेट अभाव छ । रैथाने जात संरक्षण, नयाँ जात विकास र जातकाे प्रवर्धन संरक्षण पनि महत्वपूर्ण पाटाे हाे जस्ताे लाग्छ । लेखकले नेपालकाे काेशेवाली अनुसन्धान र विकासकाे क्षेत्रमा अझै महत्वपूर्ण याेगदान दिनुहुने अाशा सहित धन्यवाद ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist