अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा


  • 7
    Shares

काठमाडौं : नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल नागरिक समाज(सिस नेपाल)का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएको छ । उनीहरुले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा अदुवा खेतीका लागि रािष्ट्रय कृषि अनुसन्धान तथा विकास कोषबाट अनुदान लिएका थिए । तर रकम खर्च नगरी नक्कली बील बनाएको आरोप उनीहरुमाथि छ ।

Leave a Reply

Your email address will not be published.