बाँकेका किसानलाई अनुदानमा चाप कटर वितरण


नेपालगन्ज : बाँकेका व्यवसायिक पशुपालक किसानहरुलाई घाँस काट्ने मेसिन (चाप कटर) वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेले अनुदानमा व्यवसायिक किसानहरुलाई चाप कटर वितरण गरेको हो ।

जिल्लाका २० वटा व्यवसायिक फार्महरुलाई घाँस काट्ने मेसिन वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो । कार्यालयको बार्षिक कार्यक्रम अनुसार छुट्टाइएको ३ लाख ७५ हजार कुल बजेट अनुसार चाप कटर वितरण गर्दा व्यवसायिक किसानले १३ हजार २५० लगानि लगाउन परेको थियो भने कार्यालयले अनुदान स्वरुप १८ हजार ७५० प्रदान गरेको कार्यालय प्रमुख अधिकारीले जनाउनुभयो ।

चाप कटरको लागि जिल्लामा किसानहरुको माग धेरै आउँदा सबैलाई समेट्दा किसानलाई केहि भेरै लगानी लगाउन परेको हो । चाप कटर वितरण पछि बोल्दै कार्यालय प्रमुख अधिकारीले पशुपालनमा यसले किसानलाई सहज बनाउने र उत्पादन बढाउन मद्धत गर्ने विस्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.