No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

आलु खेतीमा क्रान्ति ल्याएका जोशीलाई अभिनन्दन

२०७९ जेष्ठ ९ गते, सोमबार समय: ०७:१७ मिनेट
0
आलु खेतीमा क्रान्ति ल्याएका जोशीलाई अभिनन्दन
3
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ।

यहाँका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपर जोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागाजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन्।

कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत अभिनन्दन गरेका हुन्। जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ आयाम आएको छ।

आलु सुपरजोन कार्यक्रम मार्फत् प्रविधि प्रदर्शन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायिक आलु खेतीमा किसानहरूलाई अभिप्रेरित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरू लगायत नवदुर्गा गाउँपालिकामा समेत बृहत् आलु खेतीतर्फ किसानहरू व्यवसायिक बनेका छन्।

अमरगढी नगरपालिका – १ को ठूलखालीमा करिब ८० रोपनी क्षेत्रफलमा व्यवसायिक रूपमा करिब १ सय ५० क्विन्टलभन्दा बढी आलु वर्षेनी उत्पादन हुने गरेको किसान दत्तराज अवस्थीले जानकारी दिए।

उनले भने, ‘जोशी सरको सहयोगमा जिल्लामा नै आलुको मूल बीउ उत्पादन, प्रशोधन प्रविधि भित्रिएको छ। उहाँले डडेल्धुराको आलु क्षेत्रमा क्रान्ति नै ल्याउनुभएको छ।’​

करोडौँको लगानीमा निर्माण गरिएको उग्रतारा शीत भण्डारमा अहिले आलुको बीउ राख्ने किसानको संख्यामा बृद्धि भएको उग्रतारा शीत भण्डारका संचालक लालमणी पन्तले बताए।

आलु सुपरजोनमार्फत् किसानहरूले आलु उत्पादन बढाएपछि शीत भण्डारमा क्षमताभन्दा बढी आलु भण्डारणका लागि आउने गरेको पन्तले बताए। डडेल्धुरा जिल्लाको आलु खेतीमा नयाँ क्रान्ति ल्याएकाले जोशीलाई फूलमाला र बाजागाजासहित सम्मान गरिएको अगुवा किसान पदम ऐरले बताए।

जोशीले उत्प्रेरणा दिएपछि हाल आफ्नो श्रमबाहेक ३० लाख रूपैयाँ लगानी गरेर सुरु गरेको आलु खेतीबाट उत्पादन सुरु भएको तीन महिनामै लगानी उठाउन सफल भएको उनले बताए।

जोशीको सम्मानले आगामी कार्यालय प्रमुखलाई पनि किसानको पक्षमा काम गर्दा सम्मान पाउने सकारात्मक सन्देश गएको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले बताए। छोटो समयमा कृषि उत्पादनका साथसाथै जिल्लाका विभिन्न ठाउँमा बाँझो रहेको ३ सय हेक्टर जमिनमा आलु खेती गराउन सफल भएका जोशीलाई किसानहरूले खुशी भएर नै सम्मान गरेको भट्टले बताए।

नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बाेगटीले असल कर्मचारीको बिदाईले जिल्लाका किसानहरूलाई घाटा भएकाे बताइन्। किसानहरूको असल अभिभावकको संज्ञा दिँदै उपाध्यक्ष बोगटीले भनिन्, ‘हिजो पाँच किलो आलु रोप्ने किसान अहिले ५ क्विन्टल आलु रोपेर आलु खेती गर्दै आउनुभएको छ। आलु उत्पादन हिजोभन्दा तेब्बरले वृद्धि भएको छ, यसको बजारीकरण र व्यवस्थापनको जिम्मा अब पालिकाले लिन्छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीका अनुसार चालु वर्षमा आलु खेती गर्ने किसानहरूको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ।

डडेलधुराबाट बिदाई भएसँगै जोशी अध्ययनका लागि दुई वर्ष अष्ट्रेलिया जाने कार्यक्रम तय भएको छ। डडेल्धुरामा सरकारी कर्मचारीलाई यसरी अभिनन्दनसहित बिदाइ गरिएको यो पहिलो हो।

अघिल्लो पोस्ट

नेपालमा धान चामलको कथा : गर्विलो विगत र अलमलिएको वर्तमान

अर्को पोस्ट

सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

गेहेन्द्रको कृषिमा लोभलाग्दो लगाव

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist