No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालमा धान चामलको कथा : गर्विलो विगत र अलमलिएको वर्तमान

२०७९ जेष्ठ ५ गते, बिहीबार समय: १२:०५ मिनेट
0
नेपालमा धान चामलको कथा : गर्विलो विगत र अलमलिएको वर्तमान
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

डा. राजेन्द्र उप्रेती :

नेपालमा एकातर्फ हाम्रो कृषि तथा पशुपन्छी विकास मन्त्रालय धानको रेकर्ड उत्पादन भएको तथ्याङ्क दिन्छ अर्कोतर्फ धान चामलको आयातले पनि अर्को रेकर्ड कायम गर्छ । हाम्रो अनुसन्धानहरु र जात उन्मोचन गर्ने निकायहरु नयाँ नयाँ उन्नत धानका जातहरु विकास र सिफारीस गरीरहेका छन् । तर प्रदेश १ को धानमा खेती गरिने धानका जातहरु हेर्ने हो भने धेरै जसो जातहरु हाम्रो अनुसन्धान निकायहरुले सिफारीस गरेभन्दा बेग्लै छन् । हाम्रो धान चामलको आयात निर्यात स्थिति सुधारोन्मुख छैन । हामी झन्झन् धान चामल आयातमा निर्भर हुदै गैरहेका छौ । त्यो भन्दा मुख्य कुरा जुन बेला नेपालमा धान भित्रने मुख्य समय हुन्छ तेसै बेला भारतबाट सबै भन्दा धेरै परिमाणमा धान आयात भैरहेकोछ । आखिर किन त ? यो लेख मार्फत मैले हाम्रो यो अवस्था केलाउने प्रयास गरेको छु ।

बितेको आधा सताब्दी

हामीसंग संझनको लागि धान उत्पादन र व्यापारको गर्विलो बिगत रहेको थियो । सन साठीको दशकमा वर्तमानको सबैभन्दा ठूलो धानचामलको निर्यातक भारतले चामल आयात गरेर आफ्नो देशवासीको आवश्यकता पुरा गर्दे गर्दा नेपाल चामल निर्यात गर्ने मुख्य देशहरु मध्येमा थियो । सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धानचामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । जसको त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् ८५ को मध्यसम्म घट्दो क्रममा चलेको थियो । १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।

नब्बेको दशकको सुरुवातसँगै नेपालको धानचामल व्यापारको नक्सामा परिवर्तन आयो र नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । जवकि त्यसको केहि अगाडी देखि भारत र भियतनामले आफ्नो अवस्थामा लगातार सुधार गर्दे गएर वर्तमानका पहिलो र तेस्रो ठूला चामल निर्यातक देश बनेका छन् । सन् २०१५ मा भारतले ६ अर्ब ३८ करोड अमेरिकी डलर बराबरको १ करोड ९ लाख मेट्रिक टन र भियतनामले २ अर्ब ८४ करोड अमेरिकी डलर बराबरको ६८ लाख ३२ हजार मेट्रिक टन चामल निर्यात गरेका छन् । भारत र भियतनामको बीचमा दोश्रो स्थानमा थाईलैण्ड रहेको छ । उक्त बर्ष उसले ४ अर्ब ५४ करोडको चामल निर्यात गरेको थियो भने नेपालले २१ करोड ५४ लाख डलर बराबरको ५ लाख ३१ हजार मेट्रिक टन धानचामल आयात गरेको थियो । सन् असिको दशकसम्म धानचामल निर्यात गर्दे आएको नेपाल नब्बेको दशक पछि पूर्णरुपमा धानचामलको आयातकर्ता बनेको छ ।

धान भित्रने मुख्य सिजनमै सबै भन्दा धेरै आयात

धान चामलको आयातलाई नजिकबाट केलाउनको लागि नेपालमा धानचामल आयात हुने मुख्य नाकामध्ये एक बिराटनगर भन्सारको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा यो नाका भएर ८९ हजार ७२९ मेट्रिक टन धानचामल आयात भएको देखिन्छ । जसमध्ये ५५.६ प्रतिशत (४९,९११ मेट्रिक टन) दोश्रो चौमासिक अर्थात मंसिर देखि फाल्गुन महिनामा भित्रिएको छ । धानको मात्र तथ्याङ्क हेर्दा यो समयमा ६१.६ प्रतिशत धान भित्रिएकोछ । पहिलो चौमासिकको परिमण १३.३ प्रतिशत छ भने तेश्रो चौमासिकमा ३१.१ प्रतिशत धानचामल आयात भएकोछ।

अर्को तर्फ हेर्दा पहिलो र तेश्रो चौमासिकमा आयात हुने धानको भन्दा चामलको परिमाण धेरै छ भने दोश्रो चौमासिकमा धानको परिमाण धेरै छ । जुन समय हाम्रोमा जताततै धानैधान हुन्छ त्यहि समयमा फेरी किन धानचामल भित्रिरहेको छ त ? हामी खाद्यान्नमा आत्मनिर्भर हुने नाममा विभिन्न योजनाहरु बनाईरहेका र सार्वजनिक गरिरहेकाछौ तर माथीका तथ्याङ्कले हाम्रा योजनाहरुले सोचे अनुसार काम गरिरहेको देखिदैन । कता हराइरहेका छन् हाम्रा योजनाहरु ? कहाँ चुकिरहेका छौ हामीहरु ? आगामी योजनाहरुमा यस्ता ध्यान नपुगिरहेका कुराहरु केलाउने हो कि ?

अरु देशहरुको धान चामल आयात निर्यात रणनीति

धान चामलको आयात निर्यात स्थितीलाई केलाउँदै जाने हो भने संसारका ठूला चामल निर्यातक देशहरुले पनि केहि मात्रामा चामल आयात गरेको देखिन्छ । जस्तै सन् २०१६ मा ९८ लाख ६२ हजार टन चामल निर्यात गरेको भारत ले ९९५ टन चामल आयात गरेको छ । यसरी नै ५२ लाख १० हजार टन चामल निर्यात गरेको भियतनामले २६,५९१ टन चामल आयात गरेको छ । नेपाल र बंगलादेशले पनि सानो मात्रामा चामल निर्यात गरेर ठूलो परिमाणमा धानचामल आयात गरेका छन् । यसरी हुने व्यापारमा ठूला चामल निर्यातक देशहरुले ठूलो परिमाणको तुलनात्मक सस्तो चामल निर्यात गरेर सानो परिमाणमा उच्च गुणस्तरको महँङ्गो चामल आयात गर्ने गरेको दखिन्छ भने नेपाल बंगलादेश जस्ता देशहरुले ठूलो परिमाणमा सस्तो चामल आयात गरेर सानो परिमाणको महँङ्गो चामल निर्यात गरेको देखिन् । तुलनात्मक रुपमा हेर्दा विश्व बजारमा भियतनामले सस्तो चामल बेचिरहेको छ भने भारतले महँङ्गो चामल बेची रहेको छ ।

हामीले समात्न नसकेका केही बाटाहरु

धेरै बर्षहरु बिते, पूर्वि नेपालमा हाम्रो अनुसन्धान र प्रसारले किसानहरुको चाहना र उपभोक्ताहरुको माग अनुसारको धानका जातहरु उपलब्ध गराउन सकेको छैनन् । केही वर्ष अगाडिसम्म मसुली एउटा ब्रान्डको रुपमा रहेको थियो उत्पादकहरु र उपभोक्ता दुवैमा । आज पनि त्यो नामको पहिचानसंग जोडेर सोना मसुली, आउ मसुली, कान्छी मसुली आदि नामहरु प्रचलित रहेका छन । बितेका दशकहरु बासधान वा कान्छी मसुलीका नाममा रहेको धानले पूर्वि नेपालको दुई तिहाई भन्दा धेरै धान खेती हुने क्षेत्रफल ढाकेको थियो । अहिले रंजित यो क्षेत्रमा सबै भन्दा लोकप्रिय जात भएको छ । यसले बासधान वा कान्छीमसुलीलाई प्रतिस्थापित गरेको छ र यसलाई स्वर्णाले पछयाई रहेकोछ । रंजितले ढाकेको क्षेत्रफल ५० प्रतिशत भन्दा धेरै छ । यी दुवै जातहरु हाम्रो अनुसन्धान र प्रसारले सिफारिस गरेका जातहरु होइनन्।

अब बजारमा पाईने मध्यम गुणस्तरको चामल (जुन केहि बर्ष अगाडीसम्म मसुली थियो) को कुरा गर्ने हो भने त्यो “जिरा मसिनु” हो र यहि ब्रान्ड अहिले नेपालमा आयात हुने धान चामलमा मुख्य हो । यो वास्तविकतालाई हेर्ने हो भने हाम्रा अनुसन्धान र प्रसार सधै किसानहरु र उपभोक्ताको आवश्यकता र चाहना भन्दा फरक बाटो हिडेछन् भन्न हिच्किचाउनु पर्दैन । त्यसैको परिणाम हो हामीले नेपालमा धान भित्राउने बेलामै सबै भन्दा ठूलो मात्रामा धान चामलको आयात हुने गर्छ । हामीले आफूलाई सबैभन्दा पहिला सच्याउनु पर्ने यहि बिन्दुमा हो जुन हामीले सधै नजरअन्दाज गरिरहेका छौ । बजारले खोजेको जातले राम्रो मुल्य पाउछ र त्यो कुरा किसानको मुनाफासंग गएर जोडिएको हुन्छ । त्यसैले बजारको माग अनुसारका जातहरुको पहिचान र विकास अनि त्यसको प्रसार हामीले शुरुवातमा गर्नुपर्ने मुख्य कुराहहरु हुन्।

माथी उल्लेख गरिएका अन्य देशहरुले जस्तै धानको उत्पादकत्व बढाएर आफ्नो मागअनुसारको आपुर्ति गर्ने कुरा हामीले समात्न नसकेको दोश्रो बाटो हो । हाल उपलब्ध प्रविधिहरुको प्रयोग, मलखादको उचित सदुपयोग तथा उपलब्ध जातहरुको प्रयोगबाट नेपालको धानको उत्पादकत्व सहजै हालको ३ मेट्रिक टनबाट ४ देखि ५ मेट्रिक टनमा पुर्याउन सकिन्छ । त्यसको लागि समयमा मल बीउको उपलब्धता, प्रविधि प्रसारमा दक्ष र समर्पित कृषि कार्यकर्ताहरु र यो कार्यलाई अभियानको रुपमा लैजान कृषि कर्मसंग जोडिएका समाजका सबै चेतनसिल नागरिकहरु लाग्नुपर्ने हुनसक्छ । धान सिजन नजिक आउदैछ एक पटक यस्तो सामुहिक अभियान श्रृजना गर्ने कि ?

उत्पादन पछि हामीले गर्न नसकिरहेका कुराहरु भनेको उत्पादन र बजारसंगको असल समन्वय, भण्डारण र प्रशोधनका सुविधाहरुको विकास, धान उत्पादन खर्चसंग जोडिएका मजदुर र मेसिनका कुराहरु, धानखेतीको आवश्यकता अनुसारको सिंचाई व्यवस्थापन आदि हुन् । माथि उल्लेख गरिएका दुई बाटाहरु समात्न सक्षम हुनेसाथ यहाँ उल्लेख गरिएका अन्यकुराहरु व्यवस्थापन गर्न सकिन्छ । बजारले मागेको ब्रान्डको धान स्थानीय रुपमा उत्पादन हुन थालेपछि बेसिजनमा हुने आयातहरु आफै कम हुदै जानेछन् । किनकी भारतबाट आयात भैरहेका धानहरु हाम्रो भन्दा सस्तो छैनन् ।

बास्मती, ललका बास्मती, कालानमक, चनाचुर आदि धानहरु हाम्रो आफ्नो ब्रान्डको रुपमा मिलहरुले प्रशोधन गर्ने गरेकाछन् र बजारमा आफ्नै पहिचानमा बिक्रि भैरहेका छन् । भारतबाट आयात हुने बास्मती र हाम्रा बास्मतीहरु लम्बाई, आकार प्रकार र स्वादमा भिन्न छन । भियतनाम, भारत र थाईलैण्ड लगायतका देशहरुले सस्तो चामल निर्यात गरेर महँङ्गो चामल आयात गरिरहेको अवस्थामा हामीले हाम्रो देशमा खेती भैरहेका हाम्रा आफ्नै उच्च गुणस्तरका धान खेती विस्तार गरेर आफ्नै ब्रान्डमा विदेश निर्यात गर्ने कुरा अर्को बाटो हुनसक्छ । जसबाट हाम्रा आफ्ना जातहरुको संरक्षण हुनेछ भने खेती गर्ने किसानहरुले कम लगानीमा उच्च मुनाफा पाउन सक्नेछन् ।

हामीसंग गर्व गर्न लायकको धानसंग जोडिएको विगत थियो । धेरै संभावना सहितको वर्तमान पनि छ । अर्बौंको आफ्नै आन्तरिक बजार छ । हाम्रा गुणस्तरिय स्थानीय जातहरुको लागि उच्च मुल्यको अन्तराष्ट्रिय बजार पनि छ । डेढ दुई दशक अगाडीसम्म हाम्रो जस्तै अवस्था भोगेका देशहरुले लामो फड्को मारिसके र उनीहरु आज शिखरमा छन् । त्यो कुरा हामीले पनि गर्न सक्छौ । तर हामीसंग वास्तविकतामा आधारित योजना छैन र छैन मन, बचन, कर्मले लागि पर्ने तत्परता । नत्र रुपान्तरण गाह्रो छैन हामी हाम्रो ईतिहास दोर्याउन सक्छौ ।

अघिल्लो पोस्ट

किसानलाई पेन्सनको व्यवस्था  गर्न माग

अर्को पोस्ट

आलु खेतीमा क्रान्ति ल्याएका जोशीलाई अभिनन्दन

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
आलु खेतीमा क्रान्ति ल्याएका जोशीलाई अभिनन्दन

आलु खेतीमा क्रान्ति ल्याएका जोशीलाई अभिनन्दन

सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist