कृषि उत्पादनको बजारिकरणमा जोड


  • 113
    Shares

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले स्थानिय तहसंग योजना तर्जुमा गोष्ठि गरेको छ । ज्ञान केन्द्रको आयोजनामा आज भएको गोष्ठिमा बार्षिक योजना तर्जुमा गर्नका लागि छलफल भएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालको अध्यक्षतामा भएको गोष्ठिका सहभागिहरुले स्थान अनुसार उत्पादनको क्षेत्र तोकेर सरकारका कार्यक्रम बन्नुपर्नेमा जोड दिएका थिए ।

किसानलाई माथि उठाउन बजारीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको सहभागि किसानहरुले जोड दिए । किसानले उत्पादन गरेको बस्तु सहजै विक्रि हुने सुनश्चित सरकारले गर्नुपर्ने किसानहरुको माग थियो । गोष्ठिका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले किसानको पिडामा मलम लगाउने खालको कार्यक्रम ल्याउन आग्रह गरे । संयोजक श्रीवास्तवले धानको क्षति वेहोरेका किसानहरुले हालसम्म कुनै राहत नपाएको भन्दै यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उल्लेख गरेका थिए । उनले जिल्लाका किसानले भोग्न परेको कष्टलाई निराकरण गर्न अव आउने योजनामा समावेस गरिनुपर्नेमा जोड दिए ।

कृषि ज्ञान केन्द्रले संचालन गर्ने कार्यक्रमहरुमा माग कम आउने गरेका कारण जिल्लाका किसान लाभान्भित हुने क्रम घट्न लागेको ज्ञान केन्द्रले जनाएको छ । अनुदान लिनेले पनि सम्झौता अनुरुप काम नगर्दा समस्या आउने गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले बताए । प्रमुख ढकालले बाँके जिल्लामा मोटो धानको बाहुल्यता रहेको भएपनि मसिनो धानको माग धेरै भएकाले किसानहरुले पनि मसिनो धान लगाउन विशेष ध्यान दिनपर्ने बताए । धान र गहुँको वीउको उत्पादन जिल्लाको क्षेत्रफलको आधारमा पर्याप्त रहेको ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार तोरी र चनाको वीउमा भने कमि रहेको छ । ज्ञान केन्द्रले बाँके जिल्लाका लागि प्राथमिकता प्राप्त सम्भावित बालि बस्तुहरुमा बसन्ते मकै, मसिनो धान र चैते धानलाई लिएको छ । बसन्ते मकै, मसिनो धान र चैते धानको सम्भावनाको आधार बढ्दै बढ्दै गएकाले किसानले यसमा चासो बढाउन आवश्यक रहेको प्रमुख ढकालले जनाए । बाँकेमा सिचाँईको क्षेत्रफल बढ्दै गएकाले किसानलाई सहज हुने अपेक्षा गरिएको छ । प्रमुख ढकालले सरकारले मसिनो धान लगाउने किसानलाई अनुदान दिने योजना बनाएको सुनाए ।

कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बाँकेमा बालि उत्पादनका लागि सिचाँई विस्तार भैरहेकाले तरकारी, गहुँ, दलहन, तेलहनको विस्तार गर्न सहज बताबरण सिर्जना भैरहेकोले किसानले यसको भरपुर फाइदा उठाउन अनुरोध गरे । गोष्ठिमा स्थानिय तहका कृषि शाखाका कर्मचारी, कृषि अनुसन्धान, कृषि सम्बन्धित कार्यालयहरुका प्रतिनिधिहरु, अगुवा किसान, सहकारीकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.