घोराही : जागिरे कर्म सकाएर प्राय धेरैले घुम्न अनि आरामदायी जिबन जिउन चाहन्छन् । अझ सरकारी जागिर बाट अवकाश लिएकाहरु त झनै आनन्दको जीवन बिताउन खोज्छन् । तर पशु सेवा तर्फ ३६ वर्ष ८ महिना सेवा गरेर अनिवार्य अवकाश भएका डा. वेद बहादुर केसी जागिर पछिको जीवन पनि पुरानै पेसा तिर लगाएका छन् ।
डा. केसी जागिर पछिको जीवनलाई सक्रिय बनाउन चाहन्छन् । त्यसैले पनि उनले बाकी समय पशु सेवा तिर लगाउन आफ्नो क्लिनिक समेत सञ्चालनमा ल्याएका छन् । डा. के.सी.ले चालू आर्थिक वर्ष २०७८/०८९ पुस महिनाको ३ गते अनिवार्य अवकाश प्राप्त गरेका हुन् ।
२०४२ बैसाख १२ गते काठमाडौंमा रहेको केन्द्रिय पशु विकास केन्द्र खुमलटारमा भेटनरी टेक्निसियन बाट जागिरे जीवन रुवात गरेका केसीले नेपालका विभिन्न जिल्लामा पुगेर सेवा गरेका छन् । जागिरे जीवन सुरू गरेपछि ९ जिल्लामा पुगेर काम गरेको उनले सुनाए । ती मध्य बाँके, सल्यान, सुर्खेत, रुकुम, पिउठान र दाङ जिल्लामा कार्यालय प्रमुख भएर डा. केसीले काम गरेका थिए । २२ वर्षको उमेरमा सुरु गरेको जागिरे जीवन ५८ वर्षको हुँदा सकिएको थियो । भद्र सालिन सबै सँग मिलेर काम गर्न सक्ने क्षमता भएका डा. केसी आफू अवकाश प्राप्त भएको भएपनि किसानका घरदैलो सम्म सेवा गर्न पुग्ने गरेका छन् ।
किसानलाई आवश्यक पर्ने सल्लाह सुझाब उनले सम्बन्धित स्थानमा पुगेरै दिने गरेका छन् । साथै डा. केसीले अवकाश पछि सञ्चालनमा ल्याएको ब्लु क्रस भेटनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्स केन्द्र बाट पशुपन्छीको उपचार गर्ने, कुखुराको पोष्ट मार्टम गर्ने, पशुलाई खोप लगाउने, छोटो अवधिका पशुपालक तालिम प्रदान गर्ने, नमुना संकलन गर्ने लगायतका सेवा दिने गरेका छन् । डा. केसीले आफ्नो क्लिनिक दाङ जिल्लाको घोराहीमा रहेको आफ्नो घर छेउमा सञ्चालन गरेका हुन् ।
निकट भविष्यमा छिमेकि जिल्लाहरुमा समेत क्लिनिकको शाखा स्थापना गरिने उनले बताए l

