No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

सुन्तला खेतीबाट ६ लाख आम्दानी

२०७८ फाल्गुन ७ गते, शनिबार समय: १३:११ मिनेट
0
सुन्तला खेतीबाट ६ लाख आम्दानी
2
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

प्रताप बानियाँ, म्याग्दी : हिमाली जिल्ला म्याग्दीका एक जना किसानले व्यावसायिक रूपमा सुन्तला उत्पादन गरी बिक्री गरेर यस वर्ष छ लाख रुपैयाँ आम्दानी गरेका छन् । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएपछि गरेको सुन्तला खेतीबाट यस पटक सो परिमाणको सुन्तला उत्पादन र बिक्री भएको हो ।

जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाका किसान तिलक गुरुङले यस वर्ष सुन्तला बिक्रीबाट छ लाख रुपैयाँ आम्दानी गर्न आफू सफल भएको बताउनुभयो । उहाँले गतवर्ष सुन्तला खेतीमा औँसा किराको प्रकोप देखिएर सुन्तला उत्पादनमा कमी आउनुका साथै आम्दानी घटेको थियो । गत वर्षको तुलनामा भन्दा यस वर्ष रोग तथा किराको नियन्त्रणपश्चात् उत्पादन बढेको उहाँले जानकारी दिनुभयो ।

किसान गुरुङले गतवर्ष साढे तीन लाख रुपैयाँको मात्रै सुन्तला उत्पादन गरी बिक्री गर्नुभएको थियो । तर, यस वर्ष भने रोग, किराको नियन्त्रण, अनुकुल मौसम, बजार मूल्य र क्षेत्रफल तथा उत्पादन बढेको हुँदा सुन्तलाको कारोबार पनि बढेको उहाँको भनाइ छ । बास्कुनामा उत्पादित सुन्तलाको प्रतिकेजी होलसेल मूल्य ७० रुपैयाँ तोकिएको थियो । जिल्लाकै अगुवा सुन्तला उत्पादक किसान समेत रहनुभएका गुरुङले कुल १९ रोपनीमा मात्रै व्यावसायिक रूपमा सुन्तला खेती गर्नुभएको छ ।

१९ रोपनीमध्ये १४ रोपनीमा लगाएको सुन्तलाले फल दिएको छ भने बाँकी रोपनीको सुन्तला फल नदिने अर्थात् हुर्कँदै छ । कुल सुन्तला ७ सय बोटमध्ये साढे ३ सय बोटले उत्पादन दिएको किसान गुरुङले बताउनुभयो । बास्कुनामा सुरुमा एक्लै सुन्तला खेती सुरु गर्नुभएका उहाँले अहिले त्यहाँका ९० घरधुरीले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तला खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

युवा किसान गुरुङ यसअघि रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्थ्यो । उहाँ साउदीअरब ६ वर्ष, सिङ्गापुर, कम्बोडिया र बर्मा १२ वर्ष तथा थाईल्याण्डमा डेढ वर्ष बसेर गाउँ फर्किनुभएको थियो । लामो समय अर्काको देशमा बस्दा पनि सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर कृषि खेतीमा लागेको उहाँले बताउनुभयो ।

अघिल्लो पोस्ट

२० हजार टन डीएपी मल आगामी साता नेपाल आइपुग्ने

अर्को पोस्ट

किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

कोहलपुरले बढायो दुधको  मूल्य

कोहलपुरले बढायो दुधको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist