अखिलका किसानहरुद्धारा खजुरालाई ज्ञापन पत्र


नेपालगन्ज : अखिल नेपाल किसान महासघं खजुराले गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका छन । महासघं खजुरा गाउँपालिका कमिटिका संयोजक गेहेन्द्र धिताल सहित पालिका पुगेको टोलीले ७ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

खजुरा गाउँपालिका अध्यक्षलाई बुझाइएको ज्ञापन पत्रमा यहि कार्तिकको पहिलो सातामा आएको अविरल वर्षा बाढि र ढुवानका कारण किसानहरुमा पर्न गएको क्षतिपुर्ति बापतको राहत तुरुन्त वितरण गरिनुपर्ने, धान रोपाईको समयमा मात्र नभएर हिउँदे बालिमा समेत रसायनिक मलको चरम अभाव देखिएकाले मलको सहज आपुर्तिको व्यवस्था गर्नपर्ने, खारेज गरिएको भुमि समस्या समाधान आयोगको अधुरा कामलाई अगाडि बढाउन पर्ने, किसानलाई विउ विजन उपलव्ध गराउँदा गुणस्तरिय वीउ विजन उपलब्ध गराउनुपर्ने, बास्तविक किसानलाई कृषि ऋण, अनुदान तथा आवश्यक प्राविधिक सेवा उपलव्ध गराउन आवश्यक पहल गरिदिनुपर्ने, कृषि उपजको न्युनतम समर्थन मुल्यको प्रभावकारी कार्यन्वयन गरिनुपर्ने साथै बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ति क्षेत्र भित्र रहेका एलानी जग्गामा खेती किसानी गर्ने किसानहरुको खेतीपाति बन्यजन्तुले पुगाएको क्षतिको उचित राहत व्यवस्था गर्न समेत माग गरिएको थियो ।

बषैनी हुदै आइरहेको बाढि कटान र डुवानको समस्या समाधानका लागी आवश्यक तटबन्धको व्यवस्था गर्न अखिल किसान महासघं खजुरा कमिटिले गाउँपालिका सगं माग गरेको संयोजक धितालले जानकारी दिए । ज्ञापन पज्ञ बुझदै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले किसानका माग प्रति गाउँपालिका सकारात्मक रहेको भन्दै समस्या समाधानको बाटो खोजिने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.