
- 1Share
दार्चुला । जङ्गली बँदेलले दिन प्रतिदिन किसानको खेतबारीमा नोक्सानी पुगाउने गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोरडीमा बदेलको आक्रमणबाट दुई जना पुरुष गम्भीर घाइते भएका छन ।
घाइतेहुनेहरुमा दोगडाकेदार गाउँपालिका १ रिमका अन्दाजी ४५ बर्षीय दलबहादुर कार्की र ७५ बर्षीय मनोरथ जोशी रहेको स्थानीय शंकर जोशीले बताउनुभयो ।

जङगलबाट आएर खेतबारिमा अन्न खान लागेको बेला बदेलहरुलाई लखेटन खोज्दा बदेलले दोहोरो आक्रमण गरेको र दुई जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुको टाउको र शरिरमा गहिरो चोट लागेको जोशीको भनाई छ ।


