No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

कागती खेतीले चिनायो झग्गुलाई

२०७८ माघ ११ गते, मंगलवार समय: ०४:३७ मिनेट
0
कागती खेतीले चिनायो झग्गुलाई
4
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter


खगेन्द्र दाहाल, राप्ती सोनारी : बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमस्थित बाघखोर गाँउका झग्गु प्रसाद वलीले कागती खेतिबाट बार्षिक ५ लाख बढि आम्दानी गर्छन भनेको सुनाउन पाउदाँ आफैलाई गौरव लागेको छ । ११ वर्षअघि वलीले आफ्नो जमिनमा कागती रोपेका हुन । आफ्नो जमिनमा कागती रोपेर कमाउनका लागि झग्गु विदेश गए । विदेशबाट ३ वर्षपछि फर्केर आउदा उहाँको बारीमा कागती फलीसकेका थिए ।

राप्तीसोनारी गाँउपालिका वडा नं १ कुसुमस्थित बाघखोर गाँउ नेपालगन्जबाट ७५ किलोमीटर टाढाको दुरिमा पर्छ । दाङको सिमाक्षेत्रमा रहेको उक्त गाँउमा स्थानीय झग्गु प्रसादले डेढ विगाह जमिनमा कागती खेती गरिरहेका छन । बाघखोर गाउँमा उनको कागति फार्म भएर पनि होला गाउँ नै लेमनको बास्नाले मगमगाएको छ । अन्य खेती गर्दा जंगली जनावरले नोक्सानी पुगाउने भएको हुदाँ झग्गुले कागति खेती रोजेका हुन । कागति खेती गर्न थालेपछि उनले पछाडि फर्केर उहि पुरानो खेती गर्न मन लागेको छैन ।

कागती खेतीले आम्दानी बढ्नुका साथै गाँउमै रोजगारी मिलेको छ । अन्य स्थानिय लाई पनि उनले सिजनमा रोजगारी दिने गरेका छन । सुरुमा कागती खेतीगर्नेबारे उनिसगं कुनै ज्ञान थिएन । तर गाँउका एकजना अगुवाको सहयोगमा उनले व्यवसायीक रुपमा कागती खेती सुरु गरेका हुन । झग्गुले आफुलाई कागति खेतीमा लाग्न हौसला दिने गाउँले दाई र साथ सर्पोट दिन कृषिका सरहरुलाई पनि विर्सिएका छैनन् ।

उनले पुरा दिन सम्झदै भने – त्यो समयमा गाँउमा अन्नबाली उब्जने जमीनमा कागती रोपेको देख्दा धेरैले मलाई मुर्ख भनेर खिसि पनि काटे ।’ केहि समयपछि बाँके राष्ट्रिय निकुन्जबाट आएका जंगली जनावरले अन्य स्थानीयको अन्नबाली खाइदिन थाले । तर मेरो कागती खेतीमा भने कुनै नोक्सानी भएन । त्यसपछि आएर मैले गाउँलेको तारिफ मात्र सुनेको छु ।’झग्गुले लगाएको सुन कागती जातको माग बजारमा उच्च छ । माग धेरै भएकाले पनि उनलाई उत्पादन दिने समयमा पनि पुगाउन मुस्किल पर्ने गरेको छ । उनले उत्पादन गरेको सुन कागति नेपालगन्ज, दांग, पोखरा लगायतका शहरमा जाने गरेको छ ।

कागति खेती गर्ने किसानले कहिले बजार पर्खन नपर्ने उनको अनुभव छ । राम्रो बजार सधै पाउने गरेका कारण पनि यस खेतीमा आफ्नो मन अडिएको उनले सुनाए । ॅजब बोटहरुमा कागति फलेर टिप्ने बेला हुन्छ त्यो समय मलाई रुखमा पैसा टिपेको जस्तो लाग्छ । बोटभरी पैसा झुण्डीएका हुन्छन् । त्यहि पैसा टिप्न पनि मैले गाउँका स्थानियलाई रोजगारी दिने गरेको छ’ु – उनले भने । कागतीमा कहिलेकाहि रोगले सताउछ । समयमा ध्यान दिन सके कागती खेति राम्रो पेशा भएको उनले बताए ।

एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ । पहाडमा रोपिने जातको कागती भएकाले तराईमा करीब २० वर्ष फल्ने उनको अनुमान छ । अनि एक पटक गरेको लगानीले हरेक वर्ष धनको वर्षा गराइरहने हुदाँ झग्गु वलि खुसी छन । कागति खेतीमा सिजनमा अलि धेरै समय दिन पर्ने भएपनि अन्य बेला भने समय दिन नपर्ने उनि बताउँछन । अन्य बेला अरु काम पनि गर्ने गरेको छु’ उनले भने । यो कागती एउटै बोटमा २५ किलोदेखी डेढ क्विन्टलसम्म फलेको उनको अनुभव छ । बजारमा ६० देखी एक सय रुपैया प्रति किलोसम्म विक्री हुने गरेको छ । १ हजार विरुवा रोपेकोमा हाल बारीमा ३ सय बोटमात्र छन् ।

कागती खेतीलाई तारबारले घेरेपछि त्यसभित्र कुखुरापालन र बाख्रापालन गर्न समेत सहज बनेको छ । कागतिको सिजनमा कागति अन्य बेला लोकल कुखुरा र बाख्रा । बाँकेमा जंगली जनावरले वर्षेनी बालीनाली खाइदिएर दुःख दिने गरेको छ । त्यसकारण यहाँका युवाहरु रोजगारीका लागि विदेश जाने गरेको पाइएको छ । एकपटक रोपेको कागती खेतीले वर्षौसम्म फल दिने, बजारमा माग उच्च रहेकाले पनि कागती खेतीमा सम्भावना रहेको वलीको भनाई छ । राप्तीसोनारी वडा नं १ मा मात्रै हाल करीब १० जनाले कागती खेती गरीरहेका छन् ।

अघिल्लो पोस्ट

बदेलको आक्रमणबाट दुई पुरुष गम्भीर घाइते

अर्को पोस्ट

दूधको मूल्य नबढाए आन्दोलनः संघ

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
दूधको मूल्य नबढाए आन्दोलनः संघ

दूधको मूल्य नबढाए आन्दोलनः संघ

दूधमा नभई गाईमै अनुदान दिदै नगरपालिका

दूधमा नभई गाईमै अनुदान दिदै नगरपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist