No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

आलु हेर्न बर्दियाको गेरुवा जाऔ

२०७८ पुष ३० गते, शुक्रबार समय: १२:१९ मिनेट
0
आलु हेर्न बर्दियाको गेरुवा जाऔ
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

खगेन्द्र दाहाल, गुलरिया : बर्दिया गेरुवा गाउँ पालिकाका किसानहरूले आलु खेती बाटै सम्वृद्धि खोजेका छन् । अहिले गेरुवाको ४ र ५ वडा आलुमय भएको छ । खेतमा रहरलाग्दा आलुका ड्याङ छन् । आलुका बिउ उत्पादन होस् या व्यवसायीक उत्पादनका लागि आलु फस्टाएको छ । गेरुवाका किसानको आलु खेतीमा लगाव र मेहेनत देखेर एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले किसानलाई सहयोगी कार्यक्रम समेत सञ्चालन गरेको छ ।

गेरूवाको ४ र ५ नम्बर वडामा ५ हेक्टरको एकै कलस्टरमा आलु बिउ उत्पादन र करिब १०० हेक्टरमा स्थानीय थारु आलुको व्यवसायिक उत्पादन भइरहेको एकीकृत कार्यालयका प्रमुख विनोद घिमिरेले जानकारी दिए । गेरूवा गाउँ पालिकामा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले बिउ आलु मिसन, स्थानीय आलु प्रवर्द्धन कार्यक्रम र आलु ब्लग विकास कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले गेरुवामा आलुको जातिय प्रदर्शन समेत गरेको छ । आलुको विकासका लागि आलुको उत्पादन हुने स्थानमा जातिय प्रदर्शनी गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

कार्यालयले स्थानिय आलुको प्याकेजिङ्ग, मार्केटिङ्गको लागि पनि सहयोगी भूमिका खेल्दै आएको छ । जसले गर्दा आलुको बजारीकरणमा सहयोग मिलेको स्थानीय किसानहरू बताउँछन् । गेरूवा गाउँ पालिकाको कृषि शाखाको समन्यवमा सञ्चालन गरिएको आलु विकासका कार्यक्रमको उपलब्धि राम्रो हुने अपेक्षा गरिएको एकीकृत कार्यालयले जनाएको छ । गेरुवा गाउँ पालिकामा मात्रै संचालित कार्यक्रमले गर्दा १२० बढी घरपरिवार लाभान्वित भएको कृषि शाखाले जनाएको छ । आलु खेती राम्रै फस्टाएकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको छ ।

गेरुवा गाउँ पालिका वडा नम्बर ४ गोविन्दपुरका स्थानीय किसान जुग राम थारुले स्थानिय आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत श्री कृषि सन्देश कृषक समुहमा आवद्ध १९ घरधुरी मार्फत १० हेक्टर क्षेत्रफलमा बर्दियाको प्रख्यात थारु आलुको खेती गरेका छन् । गत वर्ष एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको सहयोगमा आलुको ब्रान्डिङ् गरेर बजारमा लैजादा मूल्य पनि राम्रो पाएको थियो । गत वर्ष ४० रुपैया प्रति केजीमा बिक्रि भएको थियो ।

यस वर्ष पनि स्थानीय ‘ थारु ‘ आलुको माग अत्याधिक रहेकाले उत्पादन भएका आलु सहजै खपत हुनेमा विश्वास गरिएको छ । गेरुवा गाउँ पालिकामा सञ्चालन भएका आलुका कार्यक्रम भएको स्थान बाट मात्रै २ हजार मेक्ट्रीकटन स्थानिय आलु उत्पादन र बजारीकरण हुने अपेक्षा गरिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए ।

अघिल्लो पोस्ट

बाँकेमा रोड करिडोर कार्यक्रम प्रभाबकारी बन्दै

अर्को पोस्ट

खजुरा गाउँपालिद्वारा कृषि ऐन पारित

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
खजुरा गाउँपालिद्वारा कृषि ऐन पारित

खजुरा गाउँपालिद्वारा कृषि ऐन पारित

गेहेन्द्रको कृषिमा लोभलाग्दो लगाव

गेहेन्द्रको कृषिमा लोभलाग्दो लगाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist