बाँकेमा रोड करिडोर कार्यक्रम प्रभाबकारी बन्दै


नेपालगन्ज : बाँकेमा रोड करिडोर कार्यक्रम प्रभाबकारी बन्दै गएको छ । प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत किसान माझ सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमले गर्दा सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा ५० लाख अनुदान मार्फत कृषि ज्ञान केन्द्रले किसानहरुलाई प्रदान गरेको थियो ।

चालू आर्थिक वर्षमा भने रकम घटेर आएपनि किसानले आफ्नो उत्पादनलाई नघटाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ५० हेक्टर क्षेत्रफलमा खेती गरेका किसानलाई रोडकरिडोर कार्यक्रमले हौसला दिने काम गरेको सम्बन्धित किसानहरूले जनाएका छन् ।

सहकारी, समुह, निजी फर्मका किसान सहभागी भएको उक्त कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । प्रमुख ढकालले गत वर्षको रोडकरिडोर कार्यक्रमलाई निरन्तरता यस वर्ष पनि दिईएको बताए ।

यो कार्यक्रम तीन वर्ष सम्म चल्ने हुँदा आगामी वर्ष पनि अहिले सञ्चालन भइरहेको किसान माझमा कार्यक्रम सञ्चालन हुने उनले बताए । सरकारको सानो सहयोगले पनि धेरै किसानमा सेवा पुगाउने माध्यम रोडकरीडोर बनेको छ, कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भने ।

कार्यक्रमको निरन्तर प्राविधिक बाट अनुगमन भइरहेकोले यसको प्रभावकारिता थप बढेको खजुराका किसान कृष्ण विक्रम केसीले जानकारी दिए । किसान केसीले रोडकरिडोर कार्यक्रम किसानलाई आवश्यक कार्यक्रम रहेको उल्लेख गरे ।

रोड करिडोर मार्फत किसानका लागि आवश्यक पर्ने सिंचाई, पम्प सेट, पावर टेलर, डेलिभरी पाइप, बिउ लगायत आवश्यक परेको सामग्री अनुदानमा दिने गरिएको छ । जिल्लामा रोड करिडोर मार्फत १ सय बढी किसान लाभान्वित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *