नेपालगन्ज : राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्ज गौघाट बाँकेले बाँके र बर्दियाका इन्सिमिनेटरहरुसङ अन्तरकृया गरेको छ । अन्तर्क्रियामा राष्ट्रिय पशु प्रजन्न कार्यालयका कार्यलय प्रमुख नन्द लाल चौधरीको अध्यक्षता तथा एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाका पशु बिकास अधिकृत डा.सुमन खनालको प्रमुख अतिथ्यमा सम्म्पन्न भएको थियो ।
कार्यक्रममा पशु विकास अधिकृत डा मिलन कुमार चौधरी, डा. सुमन खनाल लगायतले पशु प्रजनन बिकृती समाधानका उपाय, कृत्रिम गर्भधारण बर्तमान अवस्था र चुनौती लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागी इन्सिमिनेटरहरुले प्रस्तुत समस्या बारे अन्तर्क्रियामा छलफल गरी समाधानको उपाय खोजेका थिए ।