No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

भीआर चस्मा लगाएर गाईले दियो धेरै दुध

२०७८ पुष २९ गते, बिहीबार समय: ११:३८ मिनेट
0
भीआर चस्मा लगाएर गाईले दियो धेरै दुध
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् ।

रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो परीक्षण गरेका हुन् ।

उनका अनुसार यो उपाय लगाउँदा गाईले दिने दूधको मात्रा प्रति दिन २२ लिटरबाट बढेर २७ लिटरसम्म पुगेको छ ।

किसान इजेटका अनुसार उजाड मौसमका बेलामा हरियो चौर देख्नुले गाईलाई वास्तवमै भावनात्मक प्रभाव पार्ने रहेछ । उनी भन्छन्, “यसले उनीहरुमा स्ट्रेस पनि कम गरायो । ”

यसरी भीआर चस्मा लगाएको गाईले खुसी हुँदै सुख्खा पराल खाइरहेको तस्बिर यतिबेला सामाजिक संजालमा चर्चामा आइरहेको छ । धेरैले यसलाई सायन्स फिक्सन फिल्म, ‘द म्याट्रिक्स’ सँग तुलना गरेका छन् ।

यसरी जीवजन्तुमा भीआर प्रयोग गर्ने उपाय पहिलोपटक रुसको मस्काउमा परीक्षण गरिएको थियो । सुख्खा मौसममा पनि गाईवस्तुहरुलाई हरियालीपन महसुस गराउन त्यहाँका किसानले भीआर निर्माताहरुसँग सहकार्य गरेका थिए ।

रुसको कृषि तथा खाद्य मन्त्रालयका अनुसार रिसर्चमा भीआरले गाईमा स्ट्रेस र एन्जाइटी कम गराइ समग्र मुड राम्रो बनाइदिनाले सकारात्मक नतिजा देखिएको थियो ।

यसमा भीआर निर्माताहरुले गाइको टाउको फिट हुनेगरि विशेष तरिकाको सेट निर्माण गरेका थिए । त्यस्तै प्राविधिक विद्हरुले गाईले हेर्ने दृश्यसँग अनुकुल रङ मिलावटमा पनि ध्यान दिएका हुन् । गाईले प्राय पहेँलो, हरियो, नीलो र बैगुनी रङ मात्र राम्ररी देख्न सक्छ ।

त्यस्तै अर्को स्कटिस रिसर्चमा चाहिँ गाईवस्तुहरुमा वातावरणीय अवस्थाको उल्लेखनीय प्रभाव पर्ने गरेको पत्ता लागेको थियो ।

यसले तिनको स्वास्थ्य र मुडमा समेत असर पार्ने हुँदा दूध उत्पानको मात्रा र गुणस्तरसम्म प्रभावित हुने गरेको पाइएको छ ।

यस्तोमा इजेटले आगामी दिनहरुमा आफ्ना गाईवस्तुका लागि अझ धेरै भीआर हेडसेट खरिद गर्ने योजना रहेको बताएका छन् । डेलीमेल

अघिल्लो पोस्ट

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

अर्को पोस्ट

खजुराको कृषि तथा पशुपन्छी विधेयक पारित

सम्बन्धित समाचार

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !
किसान

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी
किसान

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई
किसान

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी
किसान

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 
किसान

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो
मुख्य खबर

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो

अर्को पोस्ट
खजुराको कृषि तथा पशुपन्छी विधेयक पारित

खजुराको कृषि तथा पशुपन्छी विधेयक पारित

बाँके र बर्दियाका इन्सिमिनेटरहरुसङ अन्तरक्रिया

बाँके र बर्दियाका इन्सिमिनेटरहरुसङ अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist