सिक्टाको पानि अनियन्त्रीत, खेतमा पानि जम्यो (तस्बिरहरु)


नेपालगन्ज : बाँके जिल्लामा गौरवको योजना अनुरुप सिक्सा सिचाँई आयोजना संचालनमा रहेको छ ।

सिक्टा सिचाँई आयोजनाले किसानकै लागी भनेर अहिले विभिन्न नहर हुदै किसानका खेतबारीमा पानि पुगाउँदै आएको अवस्था पनि छ । तर, बाँकेको जानकी गाउँपालिका स्थित कच्चि नहरमा सिक्टाले पानि छाड्दा पानि अनियन्त्रीत भई सिचाई आवश्यक नरहेको खेतबारीमा समेत अत्याधिक पानि जमेर बालिमा नोक्सानी पुगाएको छ ।

धान बालि लगाएर उत्पादन लिने समयमा पानि परेर नोक्सानि बेहोरेका किसानलाई सिक्टाको अनियन्त्रीत पानिले गर्दा थप दुख दिएको छ । लगाएको मकै, तोरी, गहुँ, मसुरो चना लगाएतका बारीमा अनावश्यक पानि जम्मा भएपछि हुर्किरहेका बालि मर्न थालेका छन । सम्बन्धित निकायमा पटक पटक जानकारी गराएपनि समस्याको समाधान नभएको स्थानिय किसान लेखनाथ सिहं ठाकुरले गुनासो गरे ।

किसान ठाकुरले आफु जस्तै धेरै किसानहरु अनावश्यक पानि खेतमा जम्मा हुदाँ नोक्सानी बेहोर्न बाध्य भएको जनाए । नहरलाई सुधारेर पानि छाड्न किसानहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *