नेपालगन्ज : बाँकेको खजुरामा स्यालको विगविगि बढेको छ । खजुराको डि गाउँ, धवलागिरी, विगाउँ, मनकामना क्षेत्रमा स्यालको झुण्डले स्थानिय किसानलाई सताउने गरेको स्थानियहरुले गुनासो गरेका छन ।
दिउँसो ढुकेर झाडिहरुमा बस्ने स्यालहरुले धेरै किसानले पालेका कुखुरा तथा बाख्राहरु खाएका छन । रातिको समयमा त झनै सुत्नै नदिने गरि कराउने गरेको वडा नम्बर ४ का स्थानिय दाताराम पौडेलले जनाए ।
स्याललाई भगाउन धेरै प्रयास गरिएपनि नसकिएको उनले बताए । स्यालका कारण बस्तुभाउ जोगाउन मुस्किल परेको उनले बताए । स्यालका कारण भएको सास्तीका विषयमा स्थानिय सरकारले केहि उपाय निकाल्न पर्नेमा उनले जोड दिए ।