खजुरामा एक बाख्राले जन्मायो ५ ओटा पाठा


  • 238
    Shares


प्रदीप राजवंशी, खजुरा : बाँकेको खजुरा गाउँ पालिका वडा नम्बर ४ डि गाउँमा एक बाख्राले ५ वटा पाठालाई जन्म दिएको छ ।

स्थानीय पार्वती विकले पालेको उक्त बाख्राले चौथो वेदमा ५ वटालाई जन्म दिएको हो । पहिलो र दोस्रो वेदमा २/२ वटा जन्म दिएको बाख्राले तेस्रो वेदमा ३ ओटा जन्म दिएको थियो ।

अहिले चौथो वेदमा झनै ५ ओटालाई जन्म दिदा स्वयम पार्वती चकित परेकी छन् । बाख्राले ५ ओटा पाथालाई जन्म दिएपछि हेर्न आउनेको भीड बढेको उनले बताइन् ।

बाख्राको जिउडाल ठूलो भएकाले पनि सहजै ५ ओटालाई जन्म दिन सफल भएको किसान पार्वतीले जनाइन् ।

पार्वतीको आमाले छोरीलाई उपहार स्वरुप प्रदान गरेको बाख्राको गुनिलो बानीले उनलाई निकै फाइदा पुगेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published.