२ लाख ९० हजार पशुमा खोरेत विरुद्धको खोप


नेपालगगन्ज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज बाँकेले जिल्लामा रहेका भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरेको छ । खोरेत रोग उन्मुलन अभियान अन्तरर्गत भ्याक्सिनेटरहरु विच अभिमुखिकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज बाँकेका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीको अध्यक्षतामा भएको अभिमुखिकरणमा जिल्लामा रहेका ६३ जना भ्याक्सिनेटरहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण सगै भ्याक्सिनेटरहरुलाई खोरेत विरुद्धको खोप लगाइने भ्याक्सिनको डाटा इन्ट्रीको काम सम्बन्धि तालिम प्रदान गरिएको छ । बाँकेमा भोलि देखिनै भ्याक्सिनेसनको काम सुरु गरिने भएकाले पुर्व सन्ध्यामा अभिमुखिकरण र एफ.एन.डि भ्याक्सिनेसन तथा एप संचालन तालिम भ्याक्सिनेटरहरुलाई दिइएको विज्ञ केन्द्रले जनाएको छ ।

एफ.एन.डि भ्याक्सिनेसन तथा एप संचालन तालिमका लागि कृषि, खाध्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको सहआयोजनामा संचालन गरिएको मन्त्रालयका पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए । पशुहरुमा लाग्ने खोरेत रोग बाँकेमा सामान्य रुपमा देखा परिसकेकाले यसलाई नियन्त्रण गरि फैलन नदिन तत्काल सम्भावित स्थानका पशुहरुलाई भ्याक्सिन लगाउने काम गरिने विज्ञ केन्द्र बाँकेका प्रमुख अधिकारीले जानकारी दिइन ।

अहिले नेपालगन्जमा रहेका छाडा पशुमा खोरेत रोगको संक्रमण सामान्य रुपमा देखिएको भन्दै कार्यालय प्रमुख अधिकारीले सङकास्पद पशुहरुलाई तत्काल नियन्त्रणमा लिई खोप लगाउने काम सुरु गरिएको उल्लेख गरिन । बाँकेमा चालु आर्थिक वर्षमा २ लाख ९० हजार पशुहरुमा खोरेत खोप लगाउने लक्ष्य रहेको भन्दै पहिलो चरणमा १ लाख ४५ हजार पशुमा लगाइने जानकारी दिइन ।

कार्यालय प्रमुख अधिकारीले खोरेत रोगको संक्रमण पशुमा देखिए सिगान आउने, खुट्टामा घाउ हुने, मुख पाक्ने जस्ता समस्या देखा पर्ने हुदाँ यस्तो लक्षण पशुमा देखिए तत्काल नजिकैको पशुसेवा शाखा वा विज्ञ केन्द्रमा खबर गर्न किसानहरुलाई आग्रह गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *