किसान तथा व्यवसायीलाई बिउ बिजन सम्बन्धि तालिम


  • 34
    Shares

नेपालगन्ज : बाँकेका बिउ उत्पादक किसान तथा व्यवसायीलाई बिउ बिजन सम्बन्धी तालिम दिइएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा तालिम दिइएको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको अध्यक्षतामा सुरु भएको तालिमको समापन जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार श्रीवास्तवले गरेका हुन् ।

बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरका बरिष्ठ बाली विकास अधिकृत भरत देवकोटा, बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरका बरिष्ठ बाली विकास अधिकृत मोहन प्रसाद खतिवडा लगायतले तालिमको सहजीकरण गरेका थिए । कृषि तथा पशुपंक्षी श्रोत तथा सेवा टेवा विस्तार कार्यक्रम अन्तर्गत बिउ व्यवसायीहरुलाई बिउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । तीन दिन सम्म सञ्चालन गरिएको तालिममा बाँके जिल्लाका बीउ उत्पादन गर्ने व्यवसायीक किसानहरूको सहभागिता रहेको थियो ।

बिउ बिजन उत्पादन तथा व्यवस्थापन तालिमका लागि किसान तथा व्यवसायीले आवेदन दिए अनुरुप तालिम प्रदान गरिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराईले जानकारी दिए । बीउ खरिद गर्नुपूर्व बीउको भाँडोमा बीउ बिजनको किसिम र जात, न्यूनतम गुणस्तरको हद (उमारशक्ति तथा शुद्धता), रासायनिक पदार्थ प्रयोग गरी बीउ उपचार गरिएको भए सोको विवरण, उत्पादन वर्ष, बीउ बिजनको परीषणको मिति, लट नं., बीउ बिजन उपयुक्त हुने क्षेत्र, बीउ बिजनको तौल, बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संघ संस्थाको नाम, लोगो र दस्तखत सम्बन्धी विवरण, सुरक्षित भण्डारण लगाएतका विषयमा तालिममा सिकाई प्रदान गरिएको थियो ।

कृषकहरूले बाली लगाउनुपूर्व माटोको किसिम तथा अवस्था, बिरूवाको उचाई, रोपेदेखि बाली पाक्न लाग्ने समय, सिफारीस मलखादको उपलब्धता, सिंचाईको व्यवस्था, सम्भावित रोग किराको प्रकोपबाट बच्ने उपाय, बालीको उब्जनी दर आदिलाई ध्यानमा राखेर मात्र बाली लगाउनुहुन सहभागि किसानहरुलाई सुझाव दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *