बैदेशिक रोजगारबाट फर्केपछि पोल्ट्री फार्म गर्दै खजुराका  बिकास


खगेन्द्र दाहाल, खजुरा :  बाँकेको खजुरा गाउँ पालिका वडा नम्बर ४ डि गाउँ बस्ने ३५ वर्षीय विकास सुनारले ५ वर्ष बैदेशिक रोजगारीमा बिताए ।

घर परिवार देखि टाढा रहेर उनले केही पैसा कमाए तर पनि उनको मनले स्वदेशमै रहेर केही गरौं भन्ने चाहिरहयो । घरको आर्थिक अवस्था कमजोर हुँदा उनी बैदेशिक रोजगारीमा पुगे । ५ वर्ष सम्म विदेशमा रहदा पनि भने जस्तो कमाई नहुँदा विकास घर फर्किए । जे गर्छु आफ्नै गाउँ घरमा बसेर गर्छु भनेर उनले दुई वर्ष अघि युवि पोल्ट्री फार्म सुरु गरे ।


४ कठ्ठा क्षेत्रफलमा ग्रीन जालीले बारेर त्यसैमा बट्टाई, कुखुरा, हास र टर्की पालन गरिरहेका छन् । खजुरा एक नम्बर नजिकै रहेको युवा किसान विकासले सुरु हास पालन बाट गरेका हुन । सामान्य लगानी बाट सुरु गरेको व्यवसाय बिस्तारै बढाउँदै लागेका छन् । विकासको फारमा अहिले बट्टाई १ हजार, कुखुरा ७० , हास ८०, कुखुराको चल्ला १५० र टर्की भर्खर सुरु गरेकाले २ वटा छन् ।

चल्ला उत्पादनका लागि उनले ८५० क्षमताको ह्याच्यारिङ मेसिन पनि सञ्चालन गरिरहेका छन् । चल्ला उत्पादन गरी बिक्री गर्ने उद्देश्यले ह्याच्यारिङ मेसिन ल्याएको विकास बताउँछन् । अहिले चिसोको मौसम भएकाले कुखुरा हास सहित बट्टाईको माग धेरै छ । माग अनुसार चल्ला उत्पादन गर्ने गरेको किसान विकासले बताए । उत्पादन गरेका चल्ला, कुखुराहरु नेपालगञ्ज, खजुरा, कोहलपुर देखि दैलेख लगायत पहाडी जिल्ला बाट माग आउने गरेको छ । 

विकासले आफ्नो ब्यवसायलाई अझै बढाउन चाहेको बताए । उनले आफ्नो खोरलाई थप व्यवस्थित गरी कारोबार बढाउन खोजेका छन् तर उनलाई थप लगानी लगाउन भने गारो छ । विकासले आफूलाई अनुदान नचाहीएको तर सहुलियत कृषि ऋण सहजै मिले ब्यवसाय गर्न सहज हुने बताए ।

 विकासले आफूले उत्पादन गरेका कृषि वस्तुलाई बजार चल्ती मूल्य भन्दा सस्तोमा बिक्री गर्ने गरेका छन् । 

Leave a Reply

Your email address will not be published.