कोहलपुरमा सुत्केरी गाई भैसीलाई २ हजार भत्ता


  • 58
    Shares

कोहलपुर : कोहलपुर पशुसेवा शाखाले सुत्केरी गाई भैसीका लागी भत्ता वितरण गरेको छ ।

कोहलपुर नगरपालिका नगर पशुसेवा शाखाको आर्थिक वर्ष २०७८÷०७९ को स्विकृत बार्षिक कार्यक्रम अन्तरर्गत कृषकहरुले पालन गरेका गाई भैसीको आहारमा पौष्टिक तत्वमा सुधार गरि उत्पादन तथा उत्पादनकत्व वृद्धि गर्ने उदेश्यले यस वर्षको दोस्रो लटको पशु सुत्केरी भत्ता वितरण गरिएको हो ।

७४ किसानहरु लाभान्वित हुने गरि १२३ गाई भैसीका लागी प्रति २ हजारका दरले किसानहरुलाई रकम हस्तान्तरण गरिएको पशुसेवा प्राविधिक लोकेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । जसमा ४४ वटा गाई र ७९ वटा सुत्केरी भैसीलाई समावेस गरिएको थियो ।

कोहलपुरको नगर पशुसेवा शाखाले विगत ३ वर्ष देखि नगरका किसानले पालेका सुत्केरी गाई भैसीका लागी सुत्केरी भत्ता दिदै आएको हो ।

Leave a Reply

Your email address will not be published.