व्यवसायीक बन्दै गरेका किसानलाई भ्रमण


बाँकेको खजुरा र जानकीका किसानहरुलाई भ्रमण गराइएको छ । जन जागरण समाज खजुराले सहयोग गरेका किसानलाई थप ज्ञान प्रदान गर्न खजुरा र जानकीका व्यावसायीक किसानको फार्ममा अवलोकन भ्रमण गराईएको हो । 

जन जागरण समाजले दिगो जिविको पार्जन सुधारका लागि स्थानीय अग्रसरता कार्यक्रम अन्तर्गत बिकास  कोष नर्वेको सहयोगमा  किसानलाई तालिम, बिउ बिजन सहयोग, स्प्रे टंकी लगायत सहयोग गरेर थप ज्ञान सीप प्रदान गर्न भ्रमण समेत गराईएको जनजागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए । 

कृषि भ्रमणका क्रममा किसानहरुलाई तरकारी खेती गर्दा अपनाउनु पर्ने सावधानी, अवसर, चुनौती, बजार तथा रोग कुरा व्यवस्थापनका विषयमा अगुवा किसान सँग छलफल गराईएको थियो । खजुराका अगुवा किसान पदम रानाले भ्रमणमा आफ्नो कृषि फर्ममा आएका किसानलाई अहिले तत्काल किसानले गर्नुपर्ने कामका बारेमा सिकाई प्रदान गरेका थिए ।  किसान रानाले अहिले आलु तथा टमाटरमा लाग्ने ढुसी बाट जोगाउन आवश्यक सिकाई प्रदान गरे । उनले माटोलाई बचाईराख्न किसानहरूले अर्गानिक तर्फ जोड दिन पर्ने सुझाब दिए । 

सी गाउँका अर्का किसान गेनालाल मुराउले तमाटरमा बढी उत्पादन कसरी लिने भन्नेबारेमा आफ्नो अनुभब अवलोकनमा आएका किसानलाई सुनाए । कृषि विकामा प्रगति गर्न मेहेनत र धर्यताको खाँचो सधैं भइरहने किसान जेनालालले बताए । बजारलाई बुझेर खेती गर्दा कहिले घाटा नहुने उनको भनाई छ ।  कृषि अवलोकन भ्रमणमा जाने किसानहरूले नयाँ कुरा सिक्न पाइएको प्रतिक्रिया दिए ।

जनजागरण समाजले खजुरा, जानकी र परसपुरका ४० जना किसानलाई कृषि, पशु पालनमा सहयोग गरेको छ । किसानलाई आयआर्जन सँग जोड्न सहयोगका कार्यक्रम ल्याइएको प्रमुख व्यवस्थापक पुनले जानकारी दिए ।  कृषिमा व्यवसायीक बन्दै गरेका किसानहरुलाई  भ्रमण गराईएको जनजागरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.