कोभिडले रोजगारी गुमाएकालाई कृषि व्यवसाय सहयोग कार्यक्रम विस्तार


  • 55
    Shares


नेपालगन्ज : सिमिट र आईडी नेपालद्धारा संचालित सिसा परियोजनाले कोभिड महामारीको अन्तरमा विदेशबाट रोजगारी गुमाएर फर्केकालाई कृषि व्यवसायमा सहयोग गर्ने गरि आफ्नो कार्यक्रम विस्तार गरेको छ ।

शुक्रबार बाँकेको नेपालगन्ज र बर्दियाको गुलरियामा विस्तार गरिएको कार्यक्रममा बारेमा जानकारी गराउँदै परियोजनाले कृषि व्यवसाय गर्न चाहनेलाई मेसिनरी औजार चलाउन आवश्यक सिप, व्यवसाय विकास तालिम दिने तथा वित्तिय कार्यका लागी सहजिकरण गर्ने लगाएतका कार्यक्रम संचालन गर्ने जनाएको छ । २ वर्ष सम्म यो कार्यक्रम थप भएको जानकारी दिदै परियोजनाले महामारिका बेला रोजगार गुमाएर फर्केका लागी फोकस गरेर कार्यक्रमको योजना बनाएको परियोजनाका कार्यक्रम संयोजक सालिन आचार्यले जानकारी दिए ।

दुई वर्षे परियोजनाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउदै सिसा परियोजनाले लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका ७ वटा जिल्लामा उक्त पपिरयोजनाका कार्यक्रम संचालन गरिने जनाएको छ । सिसा परियोजनाका क्षेत्रिय टिम लिडर खड्ग जंग गुरुङका अनुसार संचालित परियोजनामा सिमिट, आईडिइ, आईडव्लुएमआईले संलग्नता जनाएका छन ।

७ जिल्लाका ३४ सय किसानलाई आवद्ध गराउने जसमा ३५ प्रतिशत महिला सहभागिता अनिबार्य हुने गरि परियोजना संचालन हुने क्षेत्रिय टिम लिडर गुरुङले जनाए । परियोजना अन्तरर्गत ७५० बढि साना तथा मझौला कृषि उद्यमीहरु समेत लाभान्वीत हुने जनाइएको छ । कृषि सामाग्री आपुर्ति गर्नेहरुका लागी पनि यो परियोजना फलदायि हुने अपेक्षा गरिएको छ । किसानले उत्पादन गरेका कृषि बस्तुको बजार सुनिश्चितता गर्न बजारिकरणमा पनि काम गरिने परियोजनाले जनाएको छ ।

अबको युग कृषि यान्त्रिकरणको युग भएकाले किसानहरु पनि यान्त्रिकरण तर्फ लाग्न आवश्यक रहेको आयोजित कार्यक्रमका सहभागिले जोड दिएका थिए । विदेशबाट फर्केका युवाहरु नेपालमै नमुना फार्म खोलेर कृषि कान्तिमा लाग्न आवश्यक रहेको भन्दै युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमको योजना रहेकाले प्रभावकारी प्रतिफल दिनेमा विस्वस्थ रहेको परियोजनाका क्षेत्रिय टिम लिडर गुरुङले बताए ।

कोभिडको दोश्रो लहरबाट कृषि क्षेत्रमा परेको प्रभावलाई कम गर्न परियोजना लाभकारी हुने अपेक्षा गरिएको छ । दुई वर्षे कार्यक्रमका लागी ३ मिलियन युएस डलर खर्च हुने सिसा परियोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.