वीउ विजन गुणस्तर नियन्त्रण सम्बन्धि तालिम सकियो


नेपालगन्ज : वीउ विजन गुणस्तर नियन्त्रण सम्बन्धि तालिम सकिएको छ । बाँकेको खजुरामा रहेको वीउ विजन प्रयोगशालाको आयोजनामा भएको तिन दिने तालिम शुक्रबार सकिएको हो ।

लुम्बिनी प्रदेशका ३० बढि किसानहरुको सहभागिता तालिममा रहेको विउ विजन प्रयोगशालाले जनाएको छ । लुम्बिनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुमका सहकारी, समुह, कम्पनीमा आवद्ध किसानहरुलाई वीउको गुणस्तर कायम गराउन उक्त तालिम प्रदान गरिएको विउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलिप कुमार सिंहले जानकारी दिए ।

देशलाई वीउ विजनमा आत्मनिर्भर गराउन तालिमको भुमिका प्रभावकारी रहने प्रमुख सिंहले बताए । तिन दिन सम्म चलेको तालिममा विउ विजन प्रयोगशाला खजुराका प्रमुख सिंह, प्राविधिक सहायक (पाँचौ), कोशेबालि अनुसन्धान कार्यक्रमका कुमार सुवेदी, कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्रका अधिकृत राधिका पौडेल, माटो तथा मल परिक्षण प्रयोगशालाका खिम बहादुर केसी, बालि संरक्षण प्रयोगशालाका अधिकृत गणेस यादव लगाएतले सहजिकरण गरेका थिए ।

तालिम पछि विउमा गुणस्तर आउने र वीउको उत्पादन बढ्ने अपेक्षा गरिएको प्रयोगशालाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.