घोडा खच्चरलाई निःशुल्क स्वास्थ्य परिक्षण र औषधी बितरण


  • 422
    Shares

संजय आचार्य, गुलरिया : बर्दियाको सदरमुकाम गुलरियामा करिब ६० वटा घोडा खच्चरलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरिएको छ । नियमीत रुपमा निशुल्क उपचार दिदै आएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले गुलरीया नगरपालिकाको वडा न.ं६,७ र ८ मा गरी करिब १ सय ५० संख्यामा घोडा खच्चरहरुलाई चेकजाँच गर्दै आएको छ ।


घोडा खच्चर ब्यवसायीको माग अनुसार मसिीक,त्रेमासीक,अर्धबार्षिक र बार्षिक रुपमा यस संस्थाले निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गर्ने गरेको र गहिरो घाउचोट, तथा अन्य समस्याहरुको उपचार गर्दै आएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा नेपालगञ्जका संयोजक भेषराज बास्तोलाले बताए ।

नेपाल सरकारले घोडा खच्चर व्यवसायीलाई प्रोत्साहन गरेको पाईदैन । घोडा खच्चर व्यवसाय गर्नेहरुपनि छन भन्ने कुरा सरकारलाई खोजीको विषय नभएको भन्दै आफनो संस्थाले बेला बेलामा शिविरको अयोजना गरी निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गर्ने गरेको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु कल्याण सहजकर्ता मंगल थारुले बताए ।

आफुहरुको पुख्र्याउली पेश भएको यसैबाट दैनिक गुजाराको सहारा बनेको बताउदै खच्चरहरु पालेर किनबेच गरीे परिवारिक खर्च चलाउँदै आएको गुलरिया नगरपालिका वडा नम्बर ८ का एक घोडा खच्चर ब्यवसायी काले कसगरले बताए । यसरी स्वास्थ्य शिविर गाँउमा आँउदा आफुलाई खुशी लागेको उनको भनाई छ । आफहूलाइ घोडा खच्चरको बारेमा बिभिन्न जानकारी दिनुका साथै बिभिन्न किसीमका पुस्तक समेत बितरण गरेको कसगरले बताए ।

अन्य जनावर पाल्ने किसान तथा व्यवसायीलाई दिने सेवा सुविधा सरह आफूहरुलाई पनि सुविधा दिनु पर्ने अवश्यकता रहेको घोडा खच्चर पालकहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published.