कृषि प्राविधिकहरुसँग अन्तक्रिया


नेपालगन्ज, १२ मंसिर : कृषि ज्ञान केन्द्र बाँकेले स्थानीय तहका कृषि प्राविधिकहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा आठ वटै पालिकाका कृषि प्राविधिकहरुसँग स्थानीय तहले कृषि क्षेत्रमा छुट्याएको बजेट र त्यसको कार्यान्वयनका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरुले गाउँपालिकामा कृषि क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनको अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बजेटलाई राष्ट्रिय लक्ष्य हासिल हुनेगरी उपयोग गर्न सुझाव दिए ।

उनले कृषकहरुलाई काम लाग्ने मोबाईल एप्किलेशनहरुको बारेमा जानकारी गराउँदै ती एपहरुबारे किसानहरुसम्म सूचना पुर्‍याउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.