No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

पूर्व प्रधानमन्त्री भट्टराईद्धारा १३ करोड लगानी लगाइएको कुखुरा खोरको अवलोकन

२०७८ मंसिर ११ गते, शनिबार समय: ०१:४७ मिनेट
0
पूर्व प्रधानमन्त्री भट्टराईद्धारा १३ करोड लगानी लगाइएको कुखुरा खोरको अवलोकन
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण गरी रजा ग्रुपको कुखुरा पालन, पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरे अवलोकन”- पश्चिम नेपालमै कुखुराको मासुको माग बढ्दै गएपछि बाँकेमा पहिलो पटक ठूलो लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको हो । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक खोरको निर्माण गरेर कुखुरापालन शुरु गरिएको छ ।

उहाँले ५४ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कुखुरा फार्ममा निर्माण गरिएका पाँच वटा अत्याधुनिक खोर मध्ये एउटामा कुखुरापालन शुरु गरिसकेको र अन्यमा गर्ने तयारीमा रहेकोले अब बाँके बर्दिया र यस क्षेत्रका अन्य जिल्लाहरुमा मासुको अभाव नहुने बताउनुभयो । अत्याधुनिक बातानुकुलित खोर निर्माण गरेर पालिएका कुखुराहरु छिटो बढ्ने, रोग कम लाग्ने, दाना पानी खुवाउन धेरै जनशक्ति खर्चिन नपर्ने हुँदा लगाएको लगानी केही वर्षमै उठाउन सकिनेमा आफूहरु विश्वस्त रहेको सञ्चालक राईले बताउनुभयो ।

हरेक खोरमा १५ हजार कुखुरा पालन गर्ने क्षमता रहेको पाँच वटा खोर रजा ग्रुपले निर्माण गरेको छ । दश दिनको फरकमा हरेक खोरमा बोइलर कुखुराको चल्ला हाल्ने योजना अनुरुप काम भैरहेको छ । पहिलो लट निकाली सकिएकोले यसले थप हौसला मिलेको राईले बताउनुभयो । चितवनतिर यस्तो किसिमको कुखुरा पालन उद्योग सञ्चालनमा रहे पनि पश्चिममा भने निजिस्तरमा पहिलो पटक यस्तो प्रकारको अत्याधुनिक खोर निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरिएको रजा ग्रुपको दावी छ । सो बोइलर कुखुरा फार्ममा हाल ३० जनालाई रोजगारी दिइएको छ ।

सो कुखुरापालनका लागि कुखुरा विकास फार्मले आवश्यक प्राविधिक सहयोग गरिरहेको फार्मका प्रवन्धक डा. शंकर न्यौपानेले बताउनुभयो । उहाँले नेपालगञ्ज जस्तो गर्मी ठाउँका लागि यस्तो खालको तापक्रम मिलाउन सकिने, दाना पानी अटोमेटिक रुपमा दिन सकिने फार्म आवश्यक रहेको अवस्थामा यस फार्मले उक्त आवश्यकता पूरा गरेको पनि बताउनुभयो । शुक्रबार पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अबलोकन गरि युवाहरुलाई थप हौसला प्रदान गर्नुभएको छ।
युवाहरूको यस्ता कार्यले अरु युवामा पनि काम गर्न प्रोत्साहन मिल्ने भट्टराईले बताउनुभयो ।

अघिल्लो पोस्ट

सकियो कृषिको प्रगति गोष्ठी, कार्य प्रगति गर्न निर्देशन

अर्को पोस्ट

कृषि प्राविधिकहरुसँग अन्तक्रिया

सम्बन्धित समाचार

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !
किसान

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी
किसान

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई
किसान

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी
किसान

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 
किसान

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो
मुख्य खबर

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो

अर्को पोस्ट
कृषि प्राविधिकहरुसँग अन्तक्रिया

कृषि प्राविधिकहरुसँग अन्तक्रिया

डुडुवामा अत्याधुनिक कोल्ड स्टोर बन्दै

डुडुवामा अत्याधुनिक कोल्ड स्टोर बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist