कृषिको समिक्षा गोष्ठि खजुरामा सुरु


  • 86
    Shares


नेपालगन्ज : कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालयहरुको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी बाँकेको खजुरामा सुरु भएको छ । कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेका कार्यालयहरुले प्रथम चौमासिक अवधिमा गरेका प्रगति प्रस्तुत गरिरहेका छन् ।

प्रथम चौमासिक प्रगति गोष्ठिको उद्घाटन कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री सुमन शर्मा रायमाझीले गर्नुभएको थियो । कृषि बिकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाको अध्यक्षतामा सुरु भएको गोष्ठि शुक्रबार सम्म सन्चालन हुनेछ । गोष्ठिमा बोल्ने अधिकाशले कृषि विकासका लागी किसान सामु प्रविधि लिएर जान आवश्यक रहेको भन्दै यसतर्फ सबैजसो कार्यालयले सोच्नपर्नेमा जोड दिएका थिए ।

लुम्बिनी प्रदेश खाध्य शुरक्षित अवस्थामा रहेको प्रगति गोष्ठिमा जानकारी गराइएको थियो । कृषि विकास निर्देशनालय अन्तरर्गत रहेका कार्यालयहरुको प्रगति विवरण हेर्नेहो भने वित्तिय प्रगति ५४.४३ प्रतिशत रहेको छ भने भौतिक प्रगति ५९.८० प्रतिशत रहेको निर्देशनालयले प्रस्तुत गरेको विवरणमा उल्लेख गरिएको छ । पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय अन्तरर्गत रहेका कार्यालयहरुको भने वित्तिय प्रगति १८.९७ प्रतिशत रहेकोमा भौतिक प्रगति ३०.३५ प्रतिशत गर्न सफल रहेको निर्देशनालयका निमित्त निर्देशक प्रवेज आलमले जानकारी दिनुभयो ।

कार्यक्रम ढिला गरि कार्यालयसम्म पुग्नाले प्रथम चौमासिकमा प्रगति सोचे अनुरुप हुन नसकेको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक आलमले बताउनुभयो । उद्घाटन कार्यक्रममा दुबै निर्देशनालयको प्रस्तुति र एकिकृत कार्यालयका साथै फार्म, तालिम केन्द्र लगाएतको प्रस्तुति गरिएको थियो ।

गोष्ठिमा मन्त्रालयका सचिव डा.शान्ता कार्की, पशुपन्छी महाशाखा प्रमुख तुलसीराम भण्डारी, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक प्रवेश आलम , कृषि विकास माहासाखा प्रमुख अमरराज शर्मा घिमिरे, कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक अमर पुन लगाएत लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका कृषि तथा पशुपन्छी, प्रयोगशाला लगाएतका कार्यालयहरुको सहभागिता रहेको छ । गोष्ठि शुक्रबार सम्म चल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.