व्यवसायीक बाख्रापालक महासघं ठाकुरबाबामा लामिछाने


  • 215
    Shares

बर्दिया : नेपाल व्यवसायिक बाख्रापालक महासंघ बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले प्रेम लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । लामिछाने प्रेसिका एग्रि फार्मका संचालक समेत हुन् । अधिवेशन बाट उपाध्यक्षमा गजेन्द्र प्रसाद जोशी, सचिव केशव बोगटी, सह सचिवमा विनोद बहादुर कटुवाल, कोषाध्यक्षमा भगवती थापा भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गोमा कार्की, मन कुमारी उपाध्याय, घनश्याम पोखरेल र रंग बहादुर कठायत चयन भएका हुन् । सम्पूर्ण कार्य समितिलाई  सर्वसम्मत चयन गरिएको थियो ।  नव निर्वाचित अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा कर्तव्यनिष्ठ भई ठाकुर बाबा नगर भित्रका बाख्रा व्यवसायीका समस्याहरू समाधानका लागी कटीवद्ध भयर लागिपर्ने बताए । 

कार्यक्रममा ठाकुर बाबा नगरपालिकाका व्यवसायीक बाख्रा पालक किसान, ठाकुर बाबा नगरपालिकाका पशु सेवा प्राविधिक चन्द्र महतरा, ठाकुर बाबा नगरपालिका  वडा नम्बर १ का पशु सेवा प्राविधिक टेक बहादुर थापा, नेपाल व्यवसायीक बाख्रा पालक महासघंका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक प्रेमराज सुवेदी, नेपाल व्यवसायीक बाख्रा पालक महासंघ बर्दियाका उपाध्यक्ष राजगोपाल अधिकारी, बासगढी नगरका जिल्ला प्रतिनिधि भीम बहादुर ओली लगायत ४१ जनाको सहभागिता रहेको थियो ।

1 thought on “व्यवसायीक बाख्रापालक महासघं ठाकुरबाबामा लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *