साकार कृषि : ३६ पिन्ट रक्तदान


  • 130
    Shares

नेपालगन्ज : बाँके जिल्लाको एक प्रतिष्ठित सहकारी साकार कृषि सहकारी संस्थाले आफ्नो १० औं बार्षिक  उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

 सेवा केन्द्र नेपालगञ्जको मुख्य आयोजनामा रक्तदान गरिएको हो ।  कृषि सहकारीमा उल्लेख प्रगति गर्न सफल सहकारीले सामाजिक दाइत्यो अन्तर्गत एक कार्यक्रमका बीच रक्तदान गरेको जनाएको छ ।  बाँकेमा आवश्यक पर्ने रगतको अभावलाई पूर्ति गर्न समेत उक्त कार्यक्रमले मद्दत गर्ने अपेक्षा गरिएको सहकारीका मुख्य व्यवस्थापक जमान सिंह ओलीले बताउनुभयो ।

मंगलबार बिहान बाट सुरु गरिएको रक्तदान कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो ।  रक्तदानमा सहकारीमा आबद्ध कर्मचारी, संस्थाका पदाधिकारी तथा सेवाग्राही समेतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको रक्त सञ्चार केन्द्रमा आयोजित  कार्यक्रममा ३६ जनाले रक्तदान गरेको सहकारिका प्रबन्धक भरत केसीले जानकारी दिनुभयो । 


बार्षिक उत्सवको अवसरमा साकार कृषि सहकारीको प्रधान कार्यालय राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६  टेपरी, कोहलपुर, वैजनाथ र कचनापुरमा रहेको सम्पर्क कार्यालयहरुमा मंगलबार साँझ दिप प्रज्वलन गरिएको सहकारीले जनाएको छ ।

सहकारीले सदस्यहरुको सामाजिक, सास्कृतिक, आर्थिक तथा पारिवारिक विकास गरि खुसि र सुखि बनाउने उदेश्य बोकेको सहकारीका अध्यक्ष मनोज कुमार मौर्यले जानकारी दिनुभयो । हाल साकार कृषि सहकारीले विउ विजन लगाएत अन्य सेवाहरुपनि प्रदान गर्दै लगेको सहकारीले जनाएको छ ।

सहकारीले विभिन्न जातका तरकारी तथा खाध्यान्नहरुको बिउ उत्पादन तथा प्रशोधन र बजारीकरणका काम गरिरहेकोमा बचत संकलन रकर्जा लगानी समेत गर्दै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *