
- 790Shares
नेपालगन्ज : तरकारी खेती गर्ने किसानलाई हटाएर इट्टा भट्टा उद्योगका लागी काम सुरु गरेको उद्योगका विषयमा स्थानिय किसानहरुले विरोध जनाएपछि नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले उद्योग संचालन गर्न अवरोध नगर्न स्थानियलाई फोन मार्फत निर्देशन दिएका छन ।
बाँकेकोे जानकी गाउँपालिका–३ पासीनपुरमा रहेको बाबु इट्टा उद्योगले मापदण्ड बाहिर पर्ने वरपरको जग्गा भाडामा लिएर काम गरेपछि स्थानिय किसानहरु आक्रोसित बनेका थिए । नेपालगन्जका मेयरका नजिकका रहेको भनिएको संचालकहरुले मेयर राणालाई फोन गर्न लगाएर काम नरोक्न निर्देशन दिन भनेका थिए ।

सोहि अनुसार मेयर राणाले पासीनपुर टोल सुधार समितिका अध्यक्ष वीरु सिंह ठकुरीलाई आज मंगलबार दिउँसो १२ बजेर १६ मिनेट जादाँ फोन गरि उद्योग संचालनमा रोक नलगाउन भनेका थिए । मेयर डा. राणाले कडा शव्दमा उद्योगलाई संचालन गर्न ठकुरीलाई फोन गरेर राखेको दुखेसो पोखे । स्थानियका अनुसार इट्टा भट्टाका कारण खेतियोग्य जमिन मासिएको छ ।

दैनिक बस्ति धुलाम्मे हुदाँ हिडडुल गर्न समेत मुस्किल परेको अवस्थामा मेयर जस्तो मान्छेले फोन गरेर थर्काएको जस्तो गर्नु राम्रो नभएको स्थानियले बताएका छन । गत असारमा स्थापित भएको भनिएको इट्टा उद्योग मापदण्ड विपरित रहेको भन्दै नजिकै रहेका किसानहरुले खेती हुने जमिनलाई मासेर भट्टाको लागी प्रयोग गर्न नहुने भन्दै त्यसको विरोध गरिरहेका छन ।

