धान खरिदमा अन्यौलता, अझै एक हप्ता पर्खन पर्ने


  • 242
    Shares

नेपालगञ्ज : बाँकेमा किसानले उत्पादन गरेको धान सरकारले तोकेको समर्थन मुल्यमा खरिद गर्न थप एक हप्ता लाग्ने भएको छ । सरकारको पुर्ण स्वामित्वम रहेकोे खाध्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बाँके शाखा कार्यालयका प्रमुख राम बहादुर बिस्टले दिएको जानकारी अनुसार धान खरिद गर्न परिपत्र आइनसकेका कारण अझै एक हप्ता समय लाग्ने देखिएको हो ।

एक हप्ता अघि किसानहरुले कम्पनीमै पुगेर धान खरिद गर्न दवाव दिदाँ एक हप्तामा खरिद गर्ने मौखिक सहमति भएको तर सहमति भएको एक हप्ता पछि पुन अझै एक हप्ता समय किसानले पर्खन पर्ने देखिएको हो । जसले गर्दा किसानले विक्रिका राखेको धान जोगाउन मुस्किल परिरहेको छ ।

यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले धान खरिदमा विशेष मापदण्ड समेत अपनाउने भएपछि धेरै किसानको धान खरिद नहुनेतर्फ आशंखा बढेको छ । यो वर्ष सरकारले मोटा धानको २ हजार ७ सय ५२ रुपैया समर्थन मुल्य तोकेको छ भने मध्यम धानको २९ सय २ रुपैया तोकेको छ । समयमै मुल्य तोकिएपनि धान खरिद गर्न नसकेको कम्पनीका कारण किसानले दुख बेहोर्न परिरहेको छ ।

किसानलाई राहत पुगोस भन्ने हेतुले सरकारले समर्थन मुल्य तोकिदिएको हो तर कम्पनीका ढिला सुस्तिले गर्दा आम सर्वसाधारणले विना कारण सास्ती बेहोर्न परेको खजुराका अगुवा किसान कृष्ण विक्रम केसीले गुनासो गरे । नेपालगन्जमा रहेको ३ वटा गोदामको क्षमता ५७ हजार क्विइन्टल हो ।

Leave a Reply

Your email address will not be published.