बाँकेको राप्ती नदीमा माछाका भुरा छाडियो


  • 483
    Shares

नेपालगञ्ज : बाँकेमा बिश्व मत्स्य दिवस राप्ती नदीको अगैयामा माछाका भुरा छाडेर मनाइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी  १ हजार माछाका भुरा राप्ती नदीमा छाडेको हो ।

जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा  वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो ।

राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ ।

कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमत, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *